विराटनगरमा एक युवामाथि तरबार प्रहार

विराटनगरमा एक युवामाथि तरबार प्रहार

विराटनगर । विराटनगर–१० बाबा चौक लर्डबुद्ध कलेज अगाडि एकजना युवामाथि तरबार प्रहार हुँदा घाईते भएका छन् ।

सोमबार दिउँसो विराटनगर–८ का २२ वर्षीय मो.अलीमाथि तरबार प्रहार भएको हो । घाईतेको न्यूरो अस्पतालमा उपचार भईरहेको छ ।

घटनास्थलमा प्रहरी पुगेको छ । अलिमाथि विराटनगर–८ का सनि हुसेनसहित तीनजनाले आक्रमण गरेर फरार रहेको प्रहरीले जानकारी दिइएको छ । प्रहरीले तरबार नियन्त्रणमा लिएको छ ।

फरारको खोजी भईरहेको जानकारी दिइएको छ । घाईतेको अवस्था लगायतका विषयमा थप विवरण आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्