विराटनगर महानगरले खुलायो कक्षा ११ र १२ को छात्रवृत्ति आवेदन

विराटनगर महानगरले खुलायो कक्षा ११ र १२ को छात्रवृत्ति आवेदन

विराटनगर । विराटनगर महानगरपालिकाले कक्षा ११ र १२ का विद्यार्थीका लागि छात्रवृत्तिको आवेदन माग गरेको छ । विराटनगर महानगरपालिका भित्र सञ्चालित संस्थागत विद्यालयमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न महानगरपालिकाले आफैं परीक्षा सञ्चालन गर्ने गरि आवेदन माग गरेको हो ।

विराटनगर महानगरपालिका शिक्षा समितिको साउन २५ गतेको निर्णय अनुसार अनिवार्य तथा निःशुल्क शिक्षा ऐन तथा नियमावली अनुसार न्यूनतम १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउन आवेदन माग गरिएको छ । महानगरपालिकाले आगामी भदौ १६ गते छात्रवृत्तिको परीक्षा लिने भएको छ । त्यसका लागि ईच्छुक विद्यार्थीहरुलाई भदौ १० गतेसम्ममा फारम भर्न आग्रह गरिएको छ ।

विद्यार्थीका लागि छात्रवृत्ति फारम सम्बन्धित विद्यालयमा, महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखामा वा अनलाइनका लागि biratnagarmun.gov.np लग इन गरेर भर्नसक्ने सुविधा रहेको छ । यो विषयको जानकारी प्रत्येक कलेजहरुले आफ्नो सूचना पाटीमा १५ दिनसम्म सूचना टाँस गरेर विद्यार्थीलाई गराउनु पर्नेछ ।

विद्यालयले शैक्षिक सज्ञ २०७९ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई आधार बनाएर छात्रवृत्ति विवरण बुझाउनु पर्नेछ । यदि नबुझाएमा परीक्षा बोर्डमा बुझाएको विवरणका आधारमा महानगरपालिका आफैंले १० प्रतिशत कायम गर्नेछ ।

विद्यालयहरुले आफ्ना विद्यार्थीमध्ये १० प्रतिशतले पाउने छात्रवृत्तिलाई एकसय प्रतिशत मानि ३७ प्रतिशत जेहेन्दार, विपन्नता ३६ प्रतिशत, जनजाती १० प्रतिशत, दलित ५ प्रतिशत, अपाङ्गता ३ प्रतिशत, जनआन्दोलनका घाईते ३, शहीद परिवार २, वेपत्ता पारिएका परिवारका सन्नती २ प्रतिशत, मधेश आन्दोलनका घाईतेका सन्तती २ प्रतिशत कोटा निर्धारण गरिएको छ । यसरी छुट्याइएको आरक्षित समूहमा समेत ५० प्रतिशत छात्रा अनिवार्य समावेश गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्