भारतले आयात खोलेपछि निर्यात हुँदै गोंलभेडा, विराटनगरबाट भन्सार भन्दा बाहिरी बाटो प्रयोग

<span class='c1'>भारतले आयात खोलेपछि निर्यात हुँदै गोंलभेडा,</span> <span class='c2'>विराटनगरबाट भन्सार भन्दा बाहिरी बाटो प्रयोग</span>

विराटनगर । भारतले टमाटर आयात खुलाउँदा नेपालमा यसको मूल्य आकासिएको छ । नेपाली कृषकले उत्पादन गरेको टमाटर भारत निर्यात सुरु भएको छ । यद्यपी वर्षायाममा यसको उत्पादन समेत कमी हुने भएका कारण मूल्यको ग्राफ ह्वात्तै बढेको हो ।

भारतमा त्यहाँको सरकारले नै नेपालबाट गोलभेंडा आयात गर्ने नीति लिएको हो । जसको विषयमा भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसदमा गत बिहीबार बोलेकी थिइन् । भारतमा गोलभेंडा अभाव भएसँर्ग मूल्य अकासिएको छ । अभाव हटाउन नेपालबाट आयात खोलिएको छ । भारी वर्षाका कारण भारतमा गोलभेंडा खेतीमा क्षति पुगेको थियो । उत्पादन हुन नसकेपछि भारतले नेपालबाट साउन २० गते गोलभेंडाको आयात खुला गरेको हो ।

भारत सरकारले गोलभेंडा आयात खुला गरेपछि नेपालको वीरगन्ज र काँकडभिट्टा भन्सारबाट त्यसको आधिकारिक निर्यात हुन थालेको छ। नेपाली व्यापारीले निर्यात सुरु गरेका छन् । विराटनगर भन्सारबाट भने निकासी भएको देखिदैन । काारण, यहाँबाट गोलभेंडा गैरभन्सार बाटो हुँदै उतैका व्यापारी आएर लगिरहेका छन् ।

विराटनगर गोलभेंडाको मुख्य हब मानिन्छ। कात्तिकदेखि वैशाखसम्म मोरङ र सुनसरीमा उत्पादित गोलभेंडा बजारमा आउँछ । त्यस्तै जेठदेखि असोजसम्म धनकुटा र तेह्रथुममा उत्पादित गोलभेंडा पनि विराटनगर आउँछ । भारतका व्यवसायी र ग्राहकले नेपालका पहाडमा फलेका गोलभेंडा धेरै मन पराएर खरिद गर्ने गर्छन् उनीहरुले सिधै खरिद गरेर गैर भन्सार बाटो हुँदै भारत लैजाने गरेका हुन् । टमाटर मोरङ र सुनसरीका भित्री र ग्रामीण नाकाबाट अनधिकृतरूपमा भारत जाने गरेको छ ।

विराटनगरको बजारमा साउनको अन्तिममा गत वर्ष गोलभेंडाको खुद्रा विक्री मूल्य प्रतिकिलो ७० देखि १०० रुपैयाँसम्म थियो। यसपटक दोब्बर नजिक पुगको छ । गोलभेंडाको खुद्रा विक्री मूल्य प्रतिकिलो १५० आसपासमा रहेको छ । भारतीय बजार यसको मूल्य अझै सोचिनसक्नु पुगेको छ । जोगबनीमा किलोको २८० रुपैयाँ र फारबिसगन्ज, पूर्णिया र कटिहारमाभारु २ सयभन्दा बढी पुगिसकेको छ । भारतमा मूल्य राम्रो पाउने भएपछि नेपाली व्यापारीले टमाटर निर्यात गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्