कोशी प्रदेश : काँग्रेसका जेष्ठ सदस्य गयानन्द मण्डल राज्यमन्त्रीमा नियुक्त

कोशी प्रदेश : काँग्रेसका जेष्ठ सदस्य गयानन्द मण्डल राज्यमन्त्रीमा नियुक्त

विराटनगर । नेपाली काँग्रेसका जेष्ठ सदस्य गयानन्द मण्डल राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

मण्डल कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त भएका हुन् ।

प्रदेश प्रमुख परशुराम खापुङको उपस्थितिमा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त भएका मण्डललाई पद तथा गोपनियताको सपथ आजै गराएका छन् ।

यसअघि थापाले ४ मन्त्री नियुक्त गरिसकेका छन् । जसमा काँग्रेसबाट प्रदीपकुमार सुनुवार सिँचाइ खानेपानी तथा ऊर्जा, माओवादी केन्द्रबाट बाबुराम गौतम आर्थिक मामिला तथा योजना, नेकपा एसबाट कमल जबेगु भौतिक पूर्वाधार विकास र जसपाबाट निर्मला लिम्बू स्वास्थ्य मन्त्री रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्