विराटनगर तरबार प्रहार घटना : दुई जना पक्राउ

विराटनगर तरबार प्रहार घटना : दुई जना पक्राउ

विराटनगर । विराटनगरमा तरबार प्रहार गरेको घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगरको बजारमा दिउँसै तरबार प्रहार गर्ने विराटनगर महानगरपालिका-८ का २२ वर्षीय समीर हुसेन र विराटनगर-६ का २४ वर्षीय अशोक अन्सारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तरबार प्रहारबाट विराटनगर-८ का २२ वर्षीय मोहम्मद हलिम गम्भीर घाइते भएका थिए । उनको दुवै हातमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।
नेपाल-भारत सीमा क्षेत्रनजिकबाट बुधबार बिहान २ बजेतिर हुसेन र अन्सारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए ।

पक्राउ परेका दुवै जनाविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्