विराटनगरमा सडक संरक्षण दवाब, राजमार्गमाथि जताततै हस्तक्षेप

विराटनगरमा सडक संरक्षण दवाब, राजमार्गमाथि जताततै हस्तक्षेप

विराटनगर । विराटनगरमा युवाहरुले सडक संरक्षण दवाव सुरु गरेका छन् । महानगरपालिका क्षेत्रको कोशी राजमार्ग सीमा मिचेर विभिन्न किमिसमा हुने प्रयोग बारे चासो राखिएको हो । विराटनगर क्षेत्रका विभिन्न स्थानमा मुख्य राजमार्गसँग लिंक वे बनाउन व्यापारी तथा व्यवसायीले संरचनामै क्षति पु¥याउने गरेपछि त्यस्तो कार्य विरुद्ध दवाव सुरु गरिएको हो । सवारी साधन चढाउंन सडकमै माटो थुपारेर फोहर पार्ने, सवारी रोक्न सडकको किनारमा ढुंगा वा इटा राख्ने जस्ता कामहरु हुने गरेका छन् ।

महानगरको सडक किनार फोहर र पानी जम्न थालेपनि सरोकारवालाहरुले बेवास्ता गरेकाले स्थानीय राजधानी युवा क्लवले सडक किनारका ब्यवसायीलाई सचेत गराउंन थालेको छ । क्षति बनाएको सडक बनाउंनसमेत क्लवले चेतावनी दिएको छ । सडक निगरानीमा युवा क्लवका सदस्यहरु समुह बनाएर निस्कन थालेका हुन् ।

विराटनगर ३ र ४ नम्बर वडामा पर्ने प्रवेश द्धारदेखि कञ्चनबारीसम्म विषेश निगरानी गर्दै सडक बिगार्नेलाई चेतावनी दिएर बनाउंन लगाइएको क्लवका अध्यक्ष राजु ढकालले बताए । प्रवेशद्धार नजिकै ब्यवसायी खड्गप्रसाद कट्टेलले सडक पेटीमा बालुवा थुपारेकाले हटाउंन लगाइएको छ । मोटरपार्टस पसले शंकर कटुवालले सडक किनारमा माटो र गिट्टी थुपारेर ग्यारेज प्रवेश गर्न बनाएको बाटो सफा गर्न लगाइएको छ ।

कोशी प्रदेशको राजधानी छिर्ने बाटो अस्तब्यस्त हुन थालेकाले हरेक दिन निगरानी र चेतावनी दिएर सडक सुरक्षित राख्ने प्रयास गर्ने क्लवले जनाएको छ । नेपाल आयल निगमका ट्याङ्कर पार्किङमा प्रवेश गर्ने मुल सडकमा खाल्डो परेर पानी जमेको छ । निगमलाई नै सडक मर्मत गर्न लगाउंने अध्यक्ष ढकालले बताए । पेटीमा राखिएका ब्यापार, ग्यारेजका सामग्रिहरु हटाउंन लगाइएको छ ।

क्लवका पदाधिकारी र सदस्यहरु ठुलो समुहमा सडकमा उत्रिएर पेटी र किनार सुरक्षित राख्न दवाब दिंदै आएका छन् । सडक किनारमा चिया पसलका टेबुल कुर्सी राखिएको, पसलेले किनारमा फोहर जम्मा गर्ने गरेको, आफु अनुकुल सडक किनारमा सवारी साधन चढाउंन गिट्टी थुपारिएको पाइएको छ । सात दिन दवाव दिएर महानगर प्रवेश गर्ने सडक सुन्दर बनाइने क्लवले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्