विराटनगरका सिद्धान्त भट्टराई मृत घटना : प्रहरीले होटल मालिक छोडेपछि फरार, अनुसन्धानमा ढिलासुस्ती

विराटनगरका सिद्धान्त भट्टराई मृत घटना : प्रहरीले होटल मालिक छोडेपछि फरार, अनुसन्धानमा ढिलासुस्ती

विराटनगर । विराटनगर १० का सिद्धान्त भट्टराई सिराहाको मिर्चैयामा मृत फेला परेको घटना अनुसन्धान फितलो भएको पीडित परिवारले गुनासो गरेका छन् । सिराहाको मिर्चैया नगरपालिका ५ कटारी चोकस्थित शम्भु होटेलको पछाडि गत हप्ता मृत फेला परेको घटना अनुसन्धानमा प्रहरीले खास चासो नदेखाएको परिवारले गुनासो गरेका हुन् ।

मृतकका बुबा सुरेश भट्टराईले घटना भएको यतिका दिनसम्म पनि प्रहरीले प्रारम्भिक अनुसन्धान प्रतिवेदन बारे जानकारी नदिएको भन्दै गुनासो गरेका छन् । उनले मोरङमा बसोबास भएको व्यक्ति सिराहाको होटलमा मृत फेला पर्दा प्रहरी पीडित परिवारमैत्री नभएको गुनासो गरेका हुन् ।
गत मंगलबार पाथीभरा कापी उद्योगको व्यापारीक काम लिएर मिर्चैया पुगेका भट्टराई सहदेव होटलमा बसेका थिए । साँझ खाना खाएर बाहिर निस्केका उनी आफू बस्ने होटल नजिकैको अर्को होटलमा मृत फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले पीडित परिवारले अहिले नै अनुसन्धान नभएको भन्न नमिल्ने बताए । उनले पीडामा परेकाहरुलाई तत्काल न्याय चाहिने भएपनि अनुसन्धान गर्ने निकायले आफ्नो काम गरिरहेको बताए । ‘होटलका सञ्चालक बाबु–छोरालाई पक्राउ गरिएको भएपनि बाबु शम्भुलाई छोडिएको थियो’ उनले भने–शम्भु साह भागेका छन्, छोरा हाम्रो नियन्त्रणमै छन्, अनुसन्धानको काम विभिन्न कोणबाट भईरहेको छ ।

प्रहरीले घटना भएको होटलबाट लागुऔषध कारोबार हुने सूचना पाएपछि छापा हानेको थियो । त्यस क्रममा लागुओषध समेत बरामद गरेको बस्नेतले जानकारी दिइएको छ । प्रहरीले घटनालाई विभिन्न कोणबाट अनुसन्धान गरेर निष्कर्षमा पु¥याउने दावी छ ।

मृतकका बुबाले भने पोष्टमार्टम रिपोर्ट दिन समेत ढिलासुस्ती भएको गुनासो गरे । प्रहरीले बुधबार मात्रै पोष्टमार्टम रिपोर्ट हात पार्ने जानकारी दिइएको छ । भट्टराई होटेलको पछाडिपट्टि जिन्स पाइन्ट लगाएको र कम्मरदेखि माथि पट्टिको भागमा लुगा नभएको अवस्थामा मृत भेटिएका थिए । उनको घाँटीको सिक्री र पाइन्टको गोजीमा मोबाइल तथा पर्स भएपनि हातको घडी र चस्मा अझैसम्म फेला परेको खबर आएको छैन । को.१ च ९१७२ नम्बरको पिकअप जिपमा मार्केटिङका लागि गएका थिए । गाडीका चालक सागर रायसँग सहदेव होटेलमा खाजा र खान खाएपछि उनी बाहिर निस्केका थिए । राति १ बजेतिर होटेलका सञ्चालकले उनको मृत्यु भएको भन्ने खबर प्रहरीलाई गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्