विराटनगरमा ८० सालको गाईजात्रा, मनोज गजुरेलदेखी कमेडी च्याम्पियनको सहभागिता रहने

विराटनगरमा ८० सालको गाईजात्रा, मनोज गजुरेलदेखी कमेडी च्याम्पियनको सहभागिता रहने

विराटनगर । कोरोना महामारी पछिको पहिलो गाईजात्रा विराटनगरबाट शुरु हुँदैछ । भाद्र ९ गते दिउँसो ४ बजे शुरु हुने गाईजात्रा कार्यक्रमको स्थानीय आयोजक लायन्स क्लब अफ विराटनगर फिउजन रहेको छ ।

मनोज गजुरेल, शैलेन्द्र सिंखडा, टीका भण्डारी, सुबोध गौतम, मेक्सम गौडेल, सुन्दर खनाल 'चिप्लेटी अंकल', सीता न्यौपाने, राधिका कंडेल, दीपक प्रसाद आचार्य 'काकु', प्रभात लामा, रुबिना अधिकारी लगायतका कलाकारहरुले '८० सालको गाईजात्र'मा दर्शकहरुलाई हँसाउनेछन् । "८० सालको गाईजात्रा" नाम दिईएको यो कार्यक्रम भाद्र ९ गतेदेखी २३ गतेसम्म आयोजना हुनेछ ।

गाईजात्रा कार्यक्रमको आयोजक ब्राण्डवर्थ प्रा ली रहेको छ । जेसीस, लायन्स लगायतका संस्थाहरुसंगको सहकार्यमा ब्राण्डवर्थ प्रालीले उपत्यका बाहिर पनि "८० सालको गाईजात्रा" आयोजना गर्दैछ । बिराटनगर, बर्दिबास, चन्द्रनिगाहपुर, सैनामैना, दाङमा कार्यक्रम हुने पक्का भईसकेको छ । साथै अन्य शहरमा पनि "८० सालको गाईजात्रा" आयोजना हुनेछ । कोरोना महामारीका दुईवटा वर्षमा पनि डिजिटल गाईजात्रा गरेर दर्शकलाई मनोरंजन र मोटिभेसन गरेको यस प्रालीले यस पटकपनि रंगमंच संगसंगै टेलिभिजनमा पनि 'डिजिटल गाईजात्रा' प्रशारण गर्नेछ ।

७ ईपिसोडमा प्रशारण हुने 'डिजिटल गाईजात्रा'को पोस्ट प्रोडक्सन सकेर कलाकारहरु रंगमंचमा हुने '८० सालको गाईजात्रा'को रिहर्सलमा व्यस्त छन् ।

कार्यक्रमको मिडिया पार्टनर आवर विराटनगर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्