असुरक्षित बन्दै विराटनगर

असुरक्षित बन्दै विराटनगर

विराटनगर । पछिल्लो समयमा कोशी प्रदेशको राजधानी विराटनगर असुरक्षित बन्दै गएको छ । प्रहरीले सक्रियता बढाएको जनाएपनि कुटपिट, आक्रमण मात्रै नभई दिउँसै तरवार प्रहार जस्ता घटना समेत हुन थालेका छन् ।

यसलाई नियन्त्रण गर्ने संयन्त्र फितलो बन्दै गएको छ । साउन २९ गते दिउँसो विराटनगर–१० बाबा चौक लर्डबुद्ध कलेज अगाडि एकजना युवामाथि तरबार प्रहार भएको थियो। विराटनगर–८ का २२ वर्षीय मोहम्मद हलिममाथि तरबार प्रहार भएको थियो। हलिममाथि तरवार प्रहार गर्ने विराटनगर महानगरपालिका–८ का २२ वर्षीय समीर हुसेन र विराटनगर–६ का २४ वर्षीय अशोक अन्सारीलाई प्रहरीले पक्राउ गरेपनि बाँकी संलग्न पक्राउ परेका छैनन् ।

सुरक्षा संयन्त्र कमजोर भएको नागरिकले महसुश गर्न थालेका छन् । त्यतिमात्रै नभई अपराध मनस्थितिको विकास समेत त्यस्तै तरिकाले विकास भएको देखिन्छ । विराटनगरमा असार १९ गते राति साढे ८ बजे विराटनगर ४ स्थित कोशी राजमार्ग दूध फारम चोकमा बा १५ च ३४४५ नम्बरको कारमा सवार आयुष भेटवालले साइकल यात्री पवन साहलाई कुनै कारण बिनै कुटपिट गरेको घटना त्यसको एउटा उदाहरणको रुपमा लिन सकिन्छ । घटनापछिको अनुसन्धान र अदालतमा दायर मुद्दाका आधारमा जिल्ला अदालत मोरङका न्यायधीश दुर्गाप्रसाद ढुंगेलको इजलासले भेटवाललाई एक लाख धरौटीमा छाड्ने आदेश गरेको छ । उनी धरौटी बुझाएर निस्केका छन् ।

विराटनगर–९ मा रहेको एउटा सडकमा दिनदहाडै छात्राहरुमाथि घोचपेच हुने गरेको भन्दै गुनासो बढेको छ । पछिल्लो समय प्रहरीसम्म छात्राहरुले यसको गुनासो लिएर पुगेका छन् । तर, पनि अझै समस्या रहेको गुनासो छ । प्रहरीले कतिपय घटना अनुसन्धान फितलो गरेका कारण पनि अपराधको मनस्थितिमा बृद्धि भएको कतिपयको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्