बहुपहिचानसहितको नाम राख्न माओवादीको माग

बहुपहिचानसहितको नाम राख्न माओवादीको माग

विराटनगर । नेकपा माओवादी केन्द्र १ नम्बर प्रदेश समितिको पाँचौं बैठकले प्रदेशको नाम खारेज गर्दै बहुपहिचानको आधारमा राख्न माग गरेको छ ।

साउन ३२ गते विराटनगरमा बसेको बैठकले यस्तो निणर्य गरेको हो । निर्णय सार्वजनिक गर्दै प्रदेश समितिका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले पार्टी र संसदीय दलले गरेको कमजोरी प्रति गम्भीर समीक्षा र आलोचना सहित १. नं. प्रदेशको नाम बहुपहिचानको आधारमा पुनः नामाङ्कन गर्न माओवादी पार्टी प्रतिवद्ध रहेको बताए ।

उनले पार्टी संगठनलाई थप सुदृढ गर्न केन्द्रीय योजनामा ३ महिने अभियान अन्तर्गत भाद्र १६ गते एकै दिन प्रदेशका ११५७ वटै वडामा अभियान उद्घाटन गर्ने गरि कार्यविभाजन गरिएको बताए ।

माओवादीले प्रदेशका विभिन्न स्थानमा गएको बाढी पहिरो र उदयपुरको बेलकामा कोशी कटानले जनधनको ठुलो क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै पीडितहरूलाई आवश्यक उध्दार, राहत र पुर्न:स्थापना गर्न नेपाल सर सरकारलाई अनुरोध गरेको छ ।

माओवादीले सुनसरीको धरान, इटहरी र झापाको दमक, बिर्तामोड नगरपालिका लगायत विभिन्न सहरहरूमा फैलिरहेको डेंगी रोगको नियन्त्रणको लागि प्रभावकारी कदम चाल्न पनि माग गरेको छ ।

यस्तै पशु चौपयामा देखा परिरहेको लम्पी स्किन रोगको कारण पशुपालक किसानहरूले ठूलो क्षति व्यहोर्नु परिरहेको र क्षतिपूर्तिको दिन पनि माग गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्