सुत्केरीको मृत्यु भएपछि विराटनगरको कोशी अस्पताल तनावग्रस्त

सुत्केरीको मृत्यु भएपछि विराटनगरको कोशी अस्पताल तनावग्रस्त

विराटनगर । विराटनगरमा रहेको कोशी अस्पतालमा एक जना सुत्केरी महिलाको मृत्यु भएपछि तनावग्रस्त बनेको छ ।

अस्पतालको आइसियुमा रंगेली नगरपालिका ३ का २५वर्षीया सुलेखा मण्डलको आज राति मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको हो ।

मण्डलले साउन २४ गते रंगेली अस्पतालमा नवजात शिशुलाई जन्म दिएकी थिइन् । नर्मल डेलिभरी भएर साउन २६ गते अस्पतालबाट डिस्चार्ज भएकी थिइन् । स्वास्थ्यमा समस्या आएपछि साउन २८ गते कोशी अस्पतालको आइसियुमा राखेर उपचार सुरु भएको थियो । उपचारको क्रममा उनको आज मृत्यु भयो ।

मृतकका आफन्तहरूले अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै अहिले अस्पताल परिसर भित्र नाराबाजी गर्दै छन् । मोरङ प्रहरी र वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली अस्पतालको सुरक्षाको लागि खटिएका छन् । अस्पताल परिसर भित्र मृतकका आफन्तले उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कारबाही गरिनुपर्ने, छानबिन टोली गठन गरी दोषी उपर कारबाही हुनुपर्ने लगायतका माग राख्दै नाराबाजी गर्दैछन् ।

अस्पताल प्रशासन तर्फबाट भने आधिकारिक धारणा आउने बाँकी रहेको छ । के कारणले बिरामीको मृत्यु भयो यस विषयमा अस्पताल प्रशासनले उपचारमा संलग्न चिकित्सकसँग बुझेर यथार्थ सार्वजनिक गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्