कोसीमा सुत्केरी मृत्यु प्रकरण : प्रशासनसँग परिवारको सहमति

कोसीमा सुत्केरी मृत्यु प्रकरण : प्रशासनसँग परिवारको सहमति

विराटनगर । कोसी अस्पतालमा ८ दिनकी सुत्केरीको मृत्यु भएको विषयमा उत्पन्न विवाद शुक्रबार सहमति भएको छ । बिहीबार राति अस्पतालमा उत्पन्न तनाव समाधान गर्न दुई पक्षीय सहमति भएको हो ।

सहमतिपछि कोसी अस्पतालका सेवा सूचारु भएका छन् । रंगेली–३ निवासी सुलेखा मण्डलको आईसियुमा राखेर उपचारका क्रममा बिहीबार राती मृत्यु भएको थियो । उनको मृत्युपछि आक्रोशित आफन्त तथा परिवारजनसँग अस्पताल प्रशासनले सहमति कायम गरेको छ ।

मृतक सुलेखाका ससुरा रोहित मण्डलका अनुसार सहमति भएको छ । उनका अनुसार अस्पताल प्रशासनसँग बाँकी कुरा आगामी मंगलबार टुङ्ग्याउने गरि सहमति भएको हो ।

साउन २४ गते रगेली अस्पतालमा नवजात शिशुको जन्म दिएकी सुलेखाले ‘नर्मल डेलिभरी’ भएकी हुन् । केही दिनपछि श्वासप्रश्वासमा समस्या भएको भन्दै उपचारका लागि कोसी अस्पतालमा साउन २८ गते ल्याइएको थियो । आईसीयूमा उपचाररत उनको मृत्यु भएको थियो । अन्यन्त्रै शिशुलाई जन्म दिएकी उनको स्वास्थ्यमा पछि समस्या देखिएपछि कोसी ल्याएर भर्ना गरेर आईसियूमा उपचार गर्नुपर्ने अवस्थाको स्वास्थ्य स्थिति थियो । तर, आफन्त तथा परिवारले चिकित्सको लापर्वाहीले सुत्केरीको मृत्यु भएको आरोप लगाएका छन् । उपचारमा संलग्न चिकित्सको लापर्वाहीले मृत्यु भएकोले कारबाही, मृतकका परिवारलाई क्षतिपूर्ति तथा छानबिन गरेर घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग गरेका थिए ।

मृतकको उमेरमा शंका
सुलेखाले विवाह गरेको गत बैशाखमा एकवर्ष भएको थियो । विवाह भएको १७ महिनापछि उनले बच्चालाई जन्म दिएकी थिइन् । उनको अस्पतालमा लेखाइएको उमेर १९ वर्ष छ । यदि अस्पतालको उमेर सहि भए सुलेखाको विवाह १८ वर्ष नपुग्दै भएको देखिन्छ । उनको मृत्युपछि अस्पताल परिसरमा प्रदर्शनका क्रममा आफन्तले सुलेखाको उमेर २५ वर्ष बताएकी थिइन् । तर, सुलेखाका ससुरा रोहित मण्डलले भने २२ वर्षको भएको जानकारी दिए । उनको उमेर बारे अहिलेसम्म यकिन हुन भने सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्