विराटनगर। विराटनगरस्थित एम्स कलेजले प्रदेश प्रथम गर्ने विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ ।
कलेज परिसरमा शुक्रबार एक कार्यक्रम आयोजना गरि बि.एच.एम. चौथो समेष्टरको परीक्षाफलमा ममता राईले ३.९८ जि.पि.ए. प्राप्त गरि कोशी प्रदेशमा प्रथम स्थान हासिल गरेको दावी गर्दै कलेजले नगदसहित सम्मान गरेको हो।
कलेजले टपर विद्यार्थी ममता र उनको अभिभावकलाई सम्मान गरेको जनाएको छ। यस अघि पनि ममताले प्रदेश स्तरमा उच्च स्थान प्राप्त गर्न सफल भएकी थिइन्। विगत ५ वर्षदेखि त्रिभुवन विश्वविद्यालयको बि.एच.एम. मा उत्कृष्ट नतिजा ल्याउन सफल भएको एम्स कलेजका क्याम्पस प्रमुख शशांक पोखरेलले जानकारी दिए ।