विराटनगर । विराटनगरमा भदौ ९ गते गाईजात्रा कार्यक्रमको लागि टिकट बिक्रि खुल्ला गरिएको छ ।
कार्यक्रममा ३ सय ५० जनाको सहभागिताको लागि टिकट खोलिएको आयोजकले जनाएको छ ।
भाद्र ९ गते दिउँसो ४ बजे शुरु हुने गाईजात्रा कार्यक्रमको स्थानीय आयोजक लायन्स क्लब अफ विराटनगर फिउजन रहेको छ । कार्यक्रममा लोकप्रिय कलाकारहरु मनोज गजुरेल, शैलेन्द्र सिंखडा, टीका भण्डारी, सुवोध गौतम, मेक्सम गौडेल, सुन्दर खनाल 'चिप्लेटी अंकल', सीता न्यौपाने, राधिका कंडेल, दीपक प्रसाद आचार्य 'काकु', प्रभात लामा, रुबिना अधिकारी लगायतका कलाकारहरुले '२०८० सालको गाईजात्रा'मा दर्शकहरुलाई हँसाउनेछन् ।
विराटनगर हाटखोलाको आरोहण गुरुकुलको हलमा हुने उक्त कार्यक्रमले पुर्वका दर्शकलाई भरपुर मनोरञ्जन दिने आशा आयोजकको छ ।
कार्यक्रमको टिकटको शुल्क एक हजार रहेको छ । टिकटको लागि सम्पर्क विकास रौनियारलाई ९८५१२२९७७२ मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।