‘रथ यात्रा’ लाई भव्य बनाउन ५०१ मुल समारोह समिती गठन,अमुल्य गरगहना नलगाउन प्रशासनको आग्रह

‘रथ यात्रा’ लाई भव्य बनाउन ५०१ मुल समारोह समिती गठन,अमुल्य गरगहना नलगाउन प्रशासनको आग्रह

विराटनगर । विराटनगरमा अगामी भदौ २१ गते निकालीन लागेको ऐतिहासिक रथयात्रा महोत्सव २०८० लाई भव्य र सव्य बनाउनको लागी ५०१ मुल समारोह समिति गठन गरिएको छ ।

राधाकृष्ण मन्दिरका कार्य समितिका अध्यक्ष कैलास रेग्मीको अध्यक्षतामा कार्य समिति , व्यावस्थापन समिति, विशिष्ठ आजिवन सदस्य, विभिन्न संघ सस्थाका पदाधिकारी लगायत धर्मानुरागी सहितको ५०१ मुल समारोह समिति गठन गरिएको छ ।
श्री राधाकृष्ण मन्दिर समितिले शुक्रबार आयोजना गरेको धार्मिक सभा कार्यक्रममा ५५औँ सस्करणको योगेश्वर युगल जोडी श्री राधाकृष्ण आरुढ ऐतिहासिक रथयात्रा महोत्सवलाई भव्य रुपमा मनाउनको लागी मुल समारोह समिति गठन भएको बारे जानकारी गराइएको थियो ।


त्यसगरी रथ तथा मन्दिर श्रृङ्गार उपसमितिको संयोजका आनन्द जाजू , प्राविधिक उपसमितिको संयोजक दिपक प्रधान, ब्राह्मण व्यवस्थापन उपसमितिको संयोजकमा पं. भवानी शंकर निरौला , प्राथमिक उपचार उपसमितिको संयोजकमा मीना जोशी, रथ सञ्चालन तथा झाँकी व्यवस्था उपसमितिको संयोजक सुरेश जायसवाल पुरुष स्वयम सेवक उपसमिति संयोजकमा सन्तोष महत (सेन्ट्रो) सहसंयोजक श्री विकास जि.सी लगायत अन्य १८ वटा भन्दा बढी उपसमिति रहेका छन् ।


यसपटको रथयात्रालाई विराटनगर महानगरपालीकाले व्यावस्थापन गरिरहेको छ । यसपटकको रथयात्रालाई फरक बनाउनको निम्ति पनि मुलुकभरका प्रमुख तथा उप्रमुख सहित भारतका जनप्रतिनिधीहरु समेतको सहभागिता हुने महानगरकी उप प्रमुख शिल्पा निराला कार्कीले जानकारी दिनुभयो ।
रथयात्रामा लाखौँको संख्यामा मानिसहरुको भिडभाड हुनाले अमुल्य गरगहना नलगाइ कार्यक्रममा सहभागी जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रमुख दिपक पोखरेलले बताउनुभयो । यद्यपी जिल्ला प्रहरी कार्यलयबाट सादा पोसाक सहित हजारौको संख्यामा जनपथ ,शसस्त्र प्रहरी खटिने उहाँले जानकारी दिनुभयो ।


हिमालय रोडलाई सौन्दर्यकरण गरेका कारण ट्राफिक चौकबाट सिधै रोडशेष सम्म पु¥याएर धरान रोड हुदै बरगाछीबाट सिधै मन्दिरमा विश्रजन गरिने राधाकृष्ण रथयात्रा मुल समारोह समितिका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिनुभयो ।

वि.सं. १९८८ साल देखि युगल जोडी भगवान श्रीराधाकृष्ण आरूढ ’ खट यात्राबाट प्रारम्भ भएको ऐतिहासिक जात्रा वि.सं. २०२५ सालवाट भव्य एवम् विशाल रथको निर्माण गरि निरन्तर रथयात्रा महोत्सव सञ्चालन हुँदै आएको छ । ऐतिहासिक रथयात्रा भारतको जगन्नाथपुरी रथयात्रा पछिको सबै भन्दा ठूलो रथयात्रा मानिदै आएको छ । रथयात्रामा नेपाल सहित भारतबाट लाखौँको संख्यामा श्रद्धालु भक्तजनाहरुको सहभागिता हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्