विद्यालयस्तरीय चौथो संस्करणको विराटनगर बास्केटबल प्रतियोगिता हुने

विद्यालयस्तरीय चौथो संस्करणको विराटनगर बास्केटबल प्रतियोगिता हुने

विराटनगर । विराटनगरमा विद्यालयस्तरीय 'विराटनगर बास्केटबल कप'को चौथो संस्करण हुने भएको छ ।

विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा भदौ १५ गते देखि २९ गतेसम्म प्रतियोगिता हुने भएको हो ।

चौथो संस्करणको विद्यालयस्तरीय प्रतियोगितामा ८ वटा टिम सहभागी हुने कार्यक्रम संयोजक त्रिलोक बास्तोलाले जानकारी दिए ।

१५ दिनसम्म हुने प्रतियोगितामा ८ वटा टिम,२७ खेल हुने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन चाहने टिमले भदौ ५ गतेसम्ममा आवदेन दिनसक्ने कार्यक्रम संयोजक बास्तोलाले बताए। भदौ १० गते कोच र टिमको क्याप्टेनको उपस्थितिमा टाइसिट तयारी गरिने आयोजकले जनाएको छ ।

होम एण्ड अवे फर्म्याटको लिगमा एउटा टिमले आफ्नो ग्रुपको अन्य टिम सङ ३ खेल आफ्नो होम कोर्टमा र ३ खेल प्रतिद्वन्दी दिनको होम कोर्टमा गरि पहिलो चरणमै ६ खेल्ने हुने हुँदा चौथो संस्करणको प्रतियोगिता अन्य प्रतियोगिता भन्दा फरक रहेको संयोजक बास्तोलाले बताए।

प्रतियोगीताको विजेतालाई ट्रफी,मेडल र प्रमाणपत्रको व्यवस्था रहेको आयोजकले जनाएको छ। म्यानअफ द म्याच र सर्वोत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था रहेको संयोजक बास्तोलाले जानकारी दिए ।

तेस्रो विराटनगर बास्केटबल प्रतियोगितामा महिला र पुरुष गरी १२ वटा टिम सहभागीता रहेको थियो। जसमा पुरुषतर्फ विकेभीएम स्कुल र महिलातर्फ अरनिको स्कुल विजेता भएका थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्