नवजात शिशु विराटनगरको अस्पतालबाटै गायव भएपछि……

<span class='c1'>नवजात शिशु विराटनगरको</span> <span class='c2'>अस्पतालबाटै गायव भएपछि……</span>

सुजता लिम्बू
विराटनगर । भनिन्छ ‘तनको छुवाई भन्दा मनको छुवाइमा प्रेमका हाँगा थप झाँगिदै जान्छ । ’ तर, विश्वास र भरोसाले तन र मन दिएर प्रेम गरेकी एक युवती (नाम नखुलाउने सर्तमा) को जीवनमा भने प्रेमको परिभाषा नै बदलिएको छ । उनी दुई वर्षदेखि भोजपुर हतुवागढीका गोविन्द राईसँग प्रेममा परेकी थिइन् ।

उनले आफ्नो प्रेमीलाई मन मात्रै दिइनन् भरोसाले तन समेत सुम्पिदिइन् । त्यही प्रेमिल सम्बन्धबाट गर्भवती बनेकी उनी अहिले न्यायको ढोका ढक्ढकाउदै प्रहरी समक्ष पुगेकी छिन् । त्यसो त उनी गर्भवती भएपछि उनको प्रेमिले पटकपट गर्भपतन गर्न दबाब नदिएको पनि होइन तर ती युवतीले विवाह गरेर बच्च जन्माउने अडान राखेकी थिइन् । सोही अनुसार विराटनगरस्थित ग्रीनक्रस हस्पिटलमा प्रसूति गराउन भर्ना भएकी उनको शिशु अस्पतालबाटै गायब भएको पाइएको छ । उनले सकुशल बच्चालाई जन्म दिएकी थिइन् । बच्चा अस्पतालबाट नै गायब भएपछि उनले आफ्नो प्रेमी र डाक्टरको मिलेमतोमा बच्चालाई गायब गरिएको भन्दै उनले प्रहरीसमक्ष किटानी जाहेरी दिएकी छन् ।

उनले साउन ३२ गते जाहेरी दिएकी हुन् । ती युवतीको जाहेरी अनुसार प्रहरीले प्रेमी र र उपचारमा संलग्न डाक्टर तपेश्वरलाल कर्णलाई पक्राउ गरेको छ ।
ग्रिन क्रस अस्पतालमा ती युवती र प्रेमी गएको देखिएको र प्रसुती गरिएको देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले बताए । ‘उहाँहरु ग्रिन क्रस अस्पतालमा गएको देखिन्छ, डेलिभरी गरिएको देखिन्छ।,’ उनले भने,‘ तर, नवजात शिशु कहाँ छ भन्ने ट्रेष्ट भइसेको छैन ।’

पिडित युवतीको उपचारमा खटिएको डाक्टर कर्ण बिरामी भएर अस्पताल भर्ना भएका कारण थप विवरण आउन बाँकी रहेको समेत प्रहरीले जनाएको छ। ती युवतीले नर्मल डेलीभरी मार्फत छोरीलाई जन्म दिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार गोबिन्दले आफ्नी प्रेमिकालाई उपचारका लागि ग्रीनक्रस अस्पताल नजिकै रहेको दिपेश मेडिकल क्लिनिकमा लगेका थिए । उक्त क्लिनिक डाक्टर डा. कर्णको हो । तीनै डा. कर्णले ती युवतीलाई ग्रीन क्रस अस्पतालमा भर्ना गर्न भनेका थिए । सोही अनुसार युवतीलाई प्रमीले अस्पतालमा भर्ना गरेका थिए ।

त्यसो त गोबिन्दले प्रहरीलाई आफूले शिशु नलिएको बयान दिएका छन् । तर, अस्पताल प्रशासनको भने अभिभावकलाई नै बच्चा जिम्मा लगाएको दाबी छ । अस्पतालले ब्यथा लाग्ने औषधि खुवाएर प्रसूति गराएपछि युवतीलाई असार १४ गते दिउँसो डिस्चार्ज दिएको प्रहरीले जनाएको छ । अस्पतालले बिदा दिएपछि आफूलाई प्रेमीले इटहरी लिएर गएको युवतीले बताएकी छन् ।
ती युवतीले भने आफू बसेको होटको नाम समेत पत्तो नभएको उल्लेख गरेकी छिन् । इटहरी होटलमा अलपत्र छाडेर हिँडेका गोविन्द फर्किएर नआएपछि आफू सुनसरीको सोनापुर आएर बसेको युवतीले प्रहरीलाई बताएकी छन् ।

बिहे गर्ने प्रलोभन देखाएका गोविन्दले सुत्केरी अवस्थामा आफूलाई अलपत्र पारेर हिँडेको र अस्पतालसँगको मिलेमतोमा बच्चासमेत गायब बनाएको उनको आरोप छ ।

पक्राउ परेका चिकित्सक र गोविन्दविरुद्ध व्यक्ति बेपत्ता पारेको कसुरमा आइतबार अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्