विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा स्नायु तथा नसा (न्यूरोलोजी) रोग सम्बन्धी विशिष्टकृत सेवा सुरु भएको छ ।
कोशी अस्पतालमा पहिलो पटक उक्त सेवा सुरु भएको हो।
महाराजगंज टिचिङ्ग अस्पतालबाट डि.एम. न्यूरोलोजी अध्ययन पूरा गरी साउन २९ गतेदेखि अस्पतालमा नियुक्त भएका डा. आशिष श्रेष्ठले स्नायु तथा नसा रोग जस्तै : मस्तिष्कघात, छारे रोग, टाउको तथा ढाड दुखाई, हात खुट्टा झमझमाउने वा पोल्ने तथा अन्य मेरुदण्ड, मस्तिष्क र स्नायु रोगहरुको उपचार सेवा अस्पतालमा दिईराखेका छन्।
यस अघि अस्पतालमा स्नायु विशेषज्ञ चिकित्सक (न्यूरोलोजिस्ट) नभएको हुँदा उक्त सेवा सुरु हुन् सकेको थिएन।