विराटनगरमा अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न

विराटनगरमा अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न

विराटनगर । लियो क्लब अफ विराटनगर यूनाईटेडले आयोजना गरेको अन्तर विद्यालय चित्रकला प्रतियोगीता सम्पन्न भएको छ ।

कार्यक्रम लियो क्लब अफ विराटनगर यूनाईटेडको सभापति लियो सन्तोष कुमार साह अध्यक्षतामा सम्पन्न भएको हो।

गरिब तथा विपन्न वर्गलाई आहार प्रदान गर्न रकम संकलन गर्ने उद्देश्यले गरिएको उक्त फन्डरेजर कार्यक्रममा विराटनगरभित्रका विद्यालयहरुबाट ३३ जना विद्यार्थीहरुको सहभागी रहेको थियो ।

उक्त प्रतियोगितामा प्रथम स्थान दिल्ली पब्लीक स्कूलकी छात्रा श्रुती जाधव, द्वितीय बुढानिलकणठ स्कुलकी छात्रा श्रीन् भट्टराई, तृतीय ग्रेडेड् स्कुलकी छात्रा कृतिका यादव भएकी थिइन्। भने अरनिको स्कुलकी छात्रा आबरीती भण्डारी र स्टार स्कुलकी छात्रा अञ्जली तुलाधरलाई सान्त्वना पुरस्कारले सम्मान गरिएको कार्यक्रम संयोजक लियो ह्याप्पी कुमार देवले जानकारी दिए।

कार्यक्रमको उद्घाटन प्रमुख अथिति विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की गरेकी थिईन। विशेष अथिती लायन्स क्लब अफ विराटनगर यूनाईटेडकी अध्यक्ष लायन टिका सिवाकोटी पोखरेल, लायन्स क्लब अफ विराटनगर यूनाईटेडको सचिव डाक्टर उद्धव पोखरेल, पुसोईको डाईरेक्टर तेजराज गिरी, पुस्याटको डाइरेक्टर नरेश शाहलगायतको उपस्थिती रहेको थियो।

ललिक कला संगमको अध्यक्ष प्रकाश चौधरी र सल्लाकार निवास पोखरेल निर्णायकमा रहेको थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्