विश्व बजारमा बिक्न सक्ने जनशक्ति उत्पादन गर्दै आएको विराटनगरको सास्थम कलेजको दाबी

विश्व बजारमा बिक्न सक्ने जनशक्ति उत्पादन गर्दै आएको विराटनगरको सास्थम कलेजको दाबी

विराटनगर। पछिल्लो पुस्ताको आकर्षण होटल म्यानेजमेन्ट पढाईमा बढ्दै गएको छ । विश्व बजारमा चाडै बिक्न सक्ने भएको हुदा पनि यस बिषयमा आकर्षण बढेको हो ।
यस विषय पढ्नका लागि पुर्वकै ख्यातीप्राप्त सास्थम कलेज विद्यार्थीको रोजाईमा पर्दै आएको कलेजको दाबी छ।

सन् २००२ मा स्थापित साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटेल म्यानेजमेन्ट (सास्थम कलेज) विराटनगरकै एक स्थापित शैक्षिक प्रतिष्ठानको रुपमा रहन सफल भएको छ ।

पढ्दै सिक्दै स्वरोजगार बन्ने बाटोमा लम्कदै गरेका विद्यार्थीहरुको लागि सधै पहिलो रोजाईमा पर्दै आएको छ कलेजले जनाएको छ। कलेजको बिबिए कार्यक्रममा पनि बिद्यार्थीहरुलाई पढाइको साथै जीवनउपयोगी शिक्षातर्फ केन्द्रित बनाउदै दक्ष जनशक्ति उत्पादनमा लागेको कलेजको भनाइ छ । बिगत २२ बर्षको शैशिक क्षेत्र साथै होटेल क्षेत्रको अनुभवले पनि कलेजलाई अब्बल बनाउन सहयोग गरेको कलेजका निर्देशक रोशन थापा बताउछन ।

सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण,व्यवस्थित कक्षा कोठा, दक्ष तथा अनुभवी प्राध्यापक, शिक्षक,शिक्षिकाबाट प्रशिक्षण गराईने हुँदा विगतको वर्षहरुमा राम्रो नतिजा ल्याउन सफल भएको थापाको भनाइ छ।

पूर्वान्चल विश्वविद्यालय अन्तर्गतको स्नातक तहको ब्याचलर इन होटल म्यानेजमेन्ट (बीएचएम) ,ब्याचलर इन बिजनेस एडमिनिष्ट्रेसन (बीबीए) साथै स्नातकोत्तरमा मास्टर इन बिजनेस एडमिनिस्ट्रेसन (एमबीए) को पठनपाठन भईरहेको कलेजले जनाएको छ। कलेजबाट पढेका बिद्यार्थीहरु हाल देश तथा विदेशका बिभिन्न कुनामा रोजगारीमा रहेको साथै विदेशमा पनि हस्पिटालिटी क्षेत्रमा स्वरोजगार समेत रहेको कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्