अपडेट : विराटनगरको स्कुल बसले ठक्कर दिएर घाइते भएका बालकको मृत्यु

<span class='c1'>अपडेट : विराटनगरको स्कुल बसले ठक्कर</span> <span class='c2'>दिएर घाइते भएका बालकको मृत्यु</span>

विराटनगर भदौ ५,  मोरङको बुढीगंगामा आज दिउँसो एक स्कुल बसको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएको छ।

प्रहरीका अनुसार साइकलमा यात्रा गरिरहेका बालकलाई बुढीगंगा गाउँपालिका–१ मिलन चोकस्थित भित्री सडकखण्डमा सेन्ट म्यारिज बोर्डिङ स्कुलको ग १ क ६०१८ नम्बरको बसले ठक्कर दिएको थियो। सेन्ट म्यारिजले रंगेलीकोको भानु स्कुलको बस भाडामा लिएर विद्यार्थी ओसारपसार गर्दै आएको बुझिएको छ।

स्कुल बसको ठक्करबाट खोटाङ घर भइ बुढीगंगा–१ मा बस्दै आएका प्रदीप परियारका १२ वर्षीय छोरा सन्देश सोनामको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए।

उनका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको बसले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई दिउँसो ४ बजेतिर ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि विराट मेडिकल कलेज टिचिङ हस्पिटल लगिएको थियो।

स्कुल बस र चालक विराटनगर महानगरपालिका–४ का ४० वर्षीय देवानन्द राजवंशीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ।

पछिल्लो दिनमा विराटनगरमा पनि स्कुल बसहरु तिब्र गतिमा गुड्ने र यसले धेरै दुर्घटना निम्तिने भन्दै आवर विराटनगरले समाचार सम्प्रेषण गर्दै आएको थियो।

विराटनगरमा रेल झैं कुद्छन् बालबालिका बोकेका स्कुल बस

समाचार पढ्नुहोस् : https://ourbiratnagar.net/2023/05/223889

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्