ग्रिनक्रस अस्पताल विराटनगरबाट वेपत्ता पारिएको शिशुको उद्वार

<span class='c1'>ग्रिनक्रस अस्पताल विराटनगरबाट वेपत्ता</span> <span class='c2'>पारिएको शिशुको उद्वार</span>

विराटनगर । ग्रिनक्रस अस्पताल विराटनगरबाट वेपत्ता बनाईएको नवजात शिशुको उद्वार गरिएको छ । कटहरी गाउँपालिका-२ निवासी दिलमनया राजबंशीलाई बिक्री गरेको अवस्थामा प्रहरीले उद्धार गरेको हो ।

अस्पतालबाट शिशुलाई बेपत्ता पारेको आरोपमा प्रहरीले चिकित्सक डा. तपेश्वरलाल कर्ण र अर्का एक युवकलाई पक्राउ गरेको थियोे । उनीहरुसँगक‍ो प्रारम्भिक अनुसन्धानका क्रममा डा. कर्णकै संलग्नतामा ५० हजार रुपैयाँमा शिशु बिक्री भएको खुलेको छ ।

शिशुको आमाले आफुले जन्माएको सन्तान वेपत्ता पारिएको भन्दै जाहेरी दिएपछि प्रहरीले प्रसूति रोग विशेषज्ञ डाक्टर कर्ण र गोविन्द राईलाई पक्राउ गरेको थियोे । राई शिशुका बुबा हुन् । प्रेममा रहेको बखत रहेको गर्भबाट जन्मिएको सन्तान डाक्टरसँग मिलेर बुबाले बिक्री गरेपनि आमाले खोजिरहेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार ५० हजार रुपैयाँ दिएर लगेको खुलेको छ । पक्राउ परेका डाक्टर कर्ण र भोजपुर हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राईलाई प्रहरीले ‘व्यक्ति वेपत्ता पारेको कसुरमा’ गत आइतबार पाँच दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

प्रहरीले शिशु आमालाई बुझाउने तयारी गरिरहेको डिएसपी दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्