विराटनगरमा भागवत गीताको सार बुझ्न समय निकालेर ‘इस्कन’ पुग्छन् युवा

<span class='c1'>विराटनगरमा भागवत गीताको सार बुझ्न</span> <span class='c2'>समय निकालेर ‘इस्कन’ पुग्छन् युवा</span>

विराटनगर । विराटनगर ट्राफिक चौक नजिकै इस्कन सेन्टर छ । इन्टरनेशनल सोसाइटी फर कृष्ण कन्सिएसनेस ‘इस्कन’ संसारभर भागवत गीताको सारको विषयमा ज्ञान दिलाउने संस्था हो । अन्तराष्ट्रिय कृष्णभावनामृत संघ वा ‘हरे कृष्ण आन्दोलन’ नामले बुझिने यो संस्था १९६६ मा न्यूयोर्कमा भक्तिवेदान्त स्वामी प्रभुपादले प्रारम्भ गरेका थिए ।

यसको इतिहास जस्तो भएपनि विराटनगरमा शहरीयालाई गीता सारको भावले हप्ताभरी थकान मेट्ने अवसर सिर्जना गर्दै आएको छ । विराटनगरको इस्कनमा युवा, विद्यार्थी, व्यवसायी, उद्योगी, पेशाकर्मी उपस्थित हुन्छन् । जसको उद्देश्य छ गीताको सार बुझ्नु । इस्कन विराटनगरका अध्यक्ष मन शिक्षादास (मनिस राई) का अनुसार भागवत गीतामा उल्लेख सारको ज्ञान मानवजनलाई गराउनु हो । जुन उद्देश्यका लागि मन्दिरसम्म पुग्नेको संख्या उल्लेख्य छ ।

इस्कनमा शनिबार किर्तन मण्डली चल्छ । जुन दिन एकहजारसम्मको उपस्थिति हुने अध्यक्ष मन शिक्षादासको भनाई छ । भक्तजन कृष्ण नाममा नाच्ने, गाउँने, झुम्ने गर्दछन् । त्यहा आउने युवाहरु आफ्नो जीवनको उद्देश्य गीताको सारमा उल्लेख गरेको ज्ञानसँग मेल खान्छ की खाँदैन भन्ने प्रश्नको उत्तर खोजिरहेको बताउँछन् ।

‘मैले मानव जिवन किन पाएँ ?’ भन्ने प्रश्नको उत्तर खोजिरहेको छु, सिराहाबाट ल पढ्न विराटनगर आएका मनिसकुमार दास भन्छन्–सबै जाति र धर्म मान्नेहरुका लागि इस्कन साझ फुलबारी हो, जीवन बुझ्ने थलो । ब्याचलर अफ ल को पाँचौ वर्ष अध्ययनरत मनिसलाई इस्कन जान नपाउँदा नरमाइलो लाग्ने गरेको सुनाउँछन् ।

यसैगरी अर्की प्रमिशा पौडेल समेत दैनिक इस्कन जाने गरेको बताइन् । कोठामा बसेर अध्ययन गरिरहेकी पौडेल मनमा आलस्यता आए इस्कन गएर कृष्णभक्तिमा सरिक हुने गरेको बताउँछिन् । उनीहरु जस्तै ओमप्रकाश मल्लकर प्लस टु अध्ययन गरिरहेका विद्यार्थी हुन् । उनलाई अध्यात्म ज्ञान लिने ईच्छा छ । फुर्सदमा इस्कन पुगेर एकछिन् ध्यानमग्न हुँदा एकाग्र हुने गरेको सुनाउँछन् । जुन कुराले उनको पढाईमा समेत सहयोग पु¥याईरहेको छ ।

इस्कनमा वकिल, डाक्टर, इन्जिनियर, शिक्षक, प्राध्यापक, व्यपारी जोडिएका छन् । जसले मन्दिरको सेवामा समेत सहयोग पुगेको अध्यक्ष शिक्षादास बताउँछन् । आउनेहरुले सेवापछि पर्साद ग्रहण गरेर फर्कने गरेका छन् । तर, अनुशासनको अनिवार्य पालना गर्नुपर्ने शर्त समेत रहेका छन् । मन्दिर प्रवेश गर्नुभन्दा अगाडी हातखुट्टा सफा गरेर तिलकचन्दन लगाउनु पर्छ । जसले हरेक व्यक्तिको आत्माअनुसाशलाई बृद्धि गर्ने गर्दछ ।
हरेक दिन इस्कन आउने गरेका इश्वर घिमिरेले आफ्नो स्वभावमा सकारात्मक परिवर्तन आएको दावी गरे । उनले भने एक्कासी रिस उठ्ने र नकारात्मक भावना पैसा हुने समस्या एकाएक हटेको बताए । नियमित इस्कन आएका घिमिरेले अहिले साकाहारी भोजन मात्रै गर्ने गरेको सुनाए ।

(इन्दु साह प्रशिक्षार्थी पत्रकार)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्