विराटनगर । भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याएको स्याउ विराटनगरबाट सशस्त्र प्रहरीले बरामद गरेको छ ।
२ वटा सिटी सफारीमा लोड गरि ल्याएको २९ काटुर्न स्याउ विराटनगर ६ कृषी भवन छेउबाट बुधबार दिउँसो बरामद गरेको हो ।
भारतबाट भन्सार नतिरी ल्याएको अन्दाजी ६ सय ४० केजी स्याउ बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल मोरङका प्रमुख तिर्थ न्यौपानेले जानकारी दिनुभयो ।
बरामद स्याउसहित दुई वटा सिटी सफारी रानी भन्सार कार्यलय विराटनगरमा भन्सार दाखिलाको लागि बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।
त्यसैगरी बुधबार दिउँसो विराटनगर बसपार्कबाट भन्सार छलि ल्याएको किराना पसलका सामान नियन्त्रणमा लिएको छ । सिमा सुरक्षा गुल्म रानीको टोलीले भन्सारले विराटनगर बसपार्कबाट सामान बरामद गरी विराटनगर भन्सार कार्यलयलाई बुझाएको छ ।