विराटनगर इन्टरनेसनल कलेजमा ‘फ्युचरामा २०२३’ हुदै, एआईका साथै रोबोटिक्सको प्रदर्शनी हुने 

विराटनगर इन्टरनेसनल कलेजमा ‘फ्युचरामा २०२३’ हुदै, एआईका साथै रोबोटिक्सको प्रदर्शनी हुने 

विराटनगर ।आईएनजी स्किल एकेडेमीसँगको सहकार्यमा विराटनगर इन्टरनेसनल कलेजमा 'फ्युचरामा २०२३’ नामक एक दिने प्राविधिक मेला कार्यक्रमको हुने भएको छ ।

विराटनगरमा भाद्र ८ गते शुक्रबारको दिन बिहान ८ बजे देखि ५ बजेसम्म उक्त प्रदर्शनी चल्नेछ । कार्यक्रममा बिद्यार्थीहरुले इन्टरनेट अफ थिंग्स (आईओटी), आर्टिफिसियल इन्टेलिजेन्स,लगायतका विभिन्न विषयहरूको बारेमा जानकारी पाउन सक्ने छन् ।साथै फ्युचरामा सहभागीहरूले एआई र रोबोटिक्स, वाकिङ पियानो, र गो कार्ट जस्ता चमत्कारहरू बनाउन ज्ञान आदानप्रदान समेत गर्न सक्नेछन् । साथै बिजनेसका पनि केहि प्रदर्शनी हुनेछन ।

आगामी ३०औं शताब्दीको रमाइलो कार रेस, एनिमेसन र भीएफएक्सको मनमोहक क्षेत्र, रिमोट कन्ट्रोलर स्मार्ट डस्टबिन लगायतका सामग्रीको प्रदर्शनी गरिने छ । उक्त कार्यक्रम काठमाण्डौ, इटहरीमा सम्पन्न भइ भदौ ८ गते विराटनगरमा र त्यसपछि चितवन, हेटौडा, पोखरा, वीरगन्ज, बुटवल, नेपालगन्ज, सुर्खेत, धनगढी लगायतका शहरहरू पनि उक्त प्रदर्शन हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्