विराटनगरको बरगाछीमा अर्गानिक घरको नयाँ शाखा खुल्यो

विराटनगरको बरगाछीमा अर्गानिक घरको नयाँ शाखा खुल्यो

विराटनगर । स्थानीय उत्पादनहरुलाई प्रवद्र्धन गर्दै आइरहेको अर्गानिक घरको नयाँ शाखा संचालनमा आएको छ ।

बिहिबार एक कार्यक्रमबीच विराटनगर ४ बरगाछी पश्चिम लाइफ गार्ड अस्पतालको छेउमा शाखा संचालनमा आएको हो ।

विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले शाखाको उद्घाटन गरेकी थिईन । अर्गानीक घरले नेपालका हिमाली, पहाडी तथा अन्य क्षेत्रमा उत्पादित कृषि उत्पादनसँग सम्बन्धित स्थानीय उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारिकरण गर्दै आइरहेको सञ्चालक अभिषेक गौतमले जानकारी दिए ।

मार्सी चामल, कोदोको पिठो, चिया, छुर्पी, सिमी दाल, घिउ लगायत करिब ४ दर्जन प्रकारका देशभरीका उत्पादनहरु एकै ठाउँमा उपलब्ध भइरहेको गौतमले बताए ।

यस अघि विराटनगर १० ट्राफिक चोकको रेम्बो गल्लीबाट आफ्नो सेवा प्रदान गर्दै आएको थियो । ग्राहकहरुको सुविधालाई मध्यनजगर गर्दै बरगाछीमा पनि शाखा खोलेको अर्गानिक घरले देशभरी नै होम डेलिभरीको व्यवस्था पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्