कोशी अस्पतालको ‘कोशी एप्स’, ओपीडीका लागि लिन सकिन्छ अनलाइन पूर्जा

कोशी अस्पतालको ‘कोशी एप्स’, ओपीडीका लागि लिन सकिन्छ अनलाइन पूर्जा

विराटनगर । कोशी अस्पताल विराटनगरले अनलाइन पूर्जा काट्ने सुविधाका लागि एप्स सञ्चालनमा ल्याएको छ । बिरामीले स्वास्थ्य जाँच गराउनका लागि लामो लाइन बसेर पूर्जा लिनुपर्ने झन्झट हटाउन अस्पतालले एप प्रयोगमा ल्याएको हो ।

अस्पताल आउँदा सेवाग्राहीको चापका कारण लामो समय टिकटका लागी लाईन बस्नु पर्ने बाध्यता अब नरहेको कोशी अस्पतालका सुपरिटेन्डेन्ट डा चन्द्रभाल झाले बताए ।अस्पतालले उक्त सेवा भदौ १ गतेबाट नै सञ्चालनमा ल्याइसकेको छ ।

यो एपमार्फत सेवाग्राहीले एक दिन अगावै पूर्जा लिन मिल्ने मेसु झाले जानकारी दिनुभयो । भोलि अस्पताल जाने भनेपछि आजै पूर्जा लिन सकिने सुविधा रहेको उनको भनाई छ । दैनिक अस्पतालमा १३ सय सम्म बिरामी आउने हुदा टिकट काट्न लामो समयलाग्ने समस्या समाधान खोज्न अनलाइन प्रणाली कार्यन्वयनमा ल्याइएको हो ।

एप्स चलाउन कुनै समस्या भएमा अथवा एप्स मार्फत कसरी टिकट काट्ने भन्ने जानकारी लिनु परेमा कोशी अस्पतालले हेल्प डेस्को सुबिधा समेत दिएको छ । हेल्प डेस्कले कम्तिमा २ महिना सम्म बिहान ७ बजे देखि दिउसो १ बजेसम्म सेवा दिने झाले जानकारी दिएका छन् । सेवा लिनसक्ने तर एप्स भएको जानकारी नभएका कारण कतिपय सेवाग्राही अहिलेपनि लाइनमा बस्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्