विराटनगरका दुई मेडिकल कलेजसहित कोशीका पाँच स्वास्थ्य संस्थाबाट बीमा कार्यक्रम हट्यो

विराटनगरका दुई मेडिकल कलेजसहित कोशीका पाँच स्वास्थ्य संस्थाबाट बीमा कार्यक्रम हट्यो

विराटनगर। स्वास्थ्य बीमा अन्तर्गतको स्वास्थ्य सेवा प्रदान गरिरहेका विराटनगरका दुई मेडिकल कलेजसहित कोशी प्रदेशका पाँचवटा स्वास्थ्य संस्थालाई सेवा प्रदान गर्ने सूचिबाट हटाइएको छ ।

देशभरका २६ वटा निजी स्वास्थ्य संस्थालाई सूचीबाट हटाउँदा कोशी प्रदेशका पाँच स्वास्थ्य संस्था परेका हुन् ।

स्वास्थ्य बीमा बोर्डको ३२ साउनमा बसेको बैठकले यस्तो निर्णय गरेको थियो । सरकारको आर्थिक वर्ष २०७९/८० को बजेटपछि अस्पतालको सम्झौताको अवधि समाप्त भई पुनः नवीकरण नभएका वा स्वास्थ्य बीमाको सेवा बन्द भएका निजी स्वास्थ्य संस्था र लामो समयसम्म पनि नवीकरण प्रक्रियामा नआएका स्वास्थ्य संस्थालाई सूचीबाट हटाउने निर्णय गरेको बीमा बोर्डले जनाएको छ ।

विराटनगरको नोबेल मेडिकल कलेज, बिराट मेडिकल कलेज एण्ड टिचिङ सेन्टर, झापाको बीएण्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (बिर्तामोड), लाइफ लाइन अस्पताल (झापा) र आई केयर सेन्टर(खोटाङ)रहेका छन् ।

यसैगरै कोशी प्रदेश बाहेक चितवन मेडिकल कलेज (भरतपुर), नेशनल मेडिकल कलेज (वीरगञ्ज), शुभस्वस्तिक अस्पताल (बर्दिवास) र नेपाल आँखा प्रतिष्ठान (भैरहवा)ले सेवा सूचिबाट हटाएको छ ।

राप्ती आँखा अस्पताल (दाङ), नेपालगञ्ज मेडिकल कलेज (बाँके), फत्तेवाल आँखा अस्पताल (बाँके), फुलकुमारी मेमोरियल हस्पिटल (सिरहा) र सगरमाथा चौधरी आँखा अस्पताल (सिरहा), लाल रत्न अस्पताल (कैलाली) लगायतका स्वास्थ्य संस्थालाई सूचिबाट हटाएको हो ।

बीमा बोर्डको तथ्यांक अनुसार स्वास्थ्य बीमाका लागि मुलुकभर ४६४ वटा स्वास्थ्य संस्था सूचीकृत छन्, जसमध्ये ५२ निजी स्वास्थ्य संस्था थिए र बीमा कार्यक्रममा उनीहरुको योगदान ३० प्रतिशत हाराहारी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्