विराटनगर । नेपालमा निकै लोकप्रिय रहेको वेदा सलोन विराटनगरमा सञ्चालनमा आएको छ ।
विराटनगरको मुनालपथमा उक्त सलोन सञ्चालनमा आएको हो । काठमाडौंको डिल्लीबजार, महाराजगन्ज र जाउलाखेलमा समेत शाखा रहेको उक्त सलोन काठमाडौं बाहिर पहिलोपटक विराटनगरमा खुलेको हो ।
सलोनमा महिलाहरुको सौन्दर्यको लागि सम्पुर्ण प्याकेजहरु रहेको छ । सलोनमा कपाल,छाला, नङका साथै सम्पुर्ण मेकअपका सर्भिसहरु प्रदान गरिनेछ ।
सलोनमा सम्पुर्ण सौन्दर्यका सेवाहरु उपलब्ध हुनेछ । साथै ,बेहुली मेकअप लगायतका सेवा अनुभवी सौन्दर्यकर्मीबाट दिइने सलोनले जनाएको छ ।
वेदा सलोनमा युरोपियन ब्राण्डका सामानहरुको प्रयोग गरिने पनि जानकारी दिइएको छ ।