विराटनगरमा ५५ औं संस्करणको रथ यात्रा : बालेनदेखि हर्कसम्मलाई पठाईयो निम्तो

विराटनगरमा ५५ औं संस्करणको रथ यात्रा : बालेनदेखि हर्कसम्मलाई पठाईयो निम्तो

विराटनगर। ५५ औं संस्करणको रथ यात्राको लागि विराटनगर महानगरपालिकाले समकक्षी मेयरहरुलाई निमन्त्रण पठाएको छ । धार्मिक एवं साँस्कृतिक महत्व झल्काउने विराटनगरको राधाकृष्ण रथयात्रा श्रीकृष्ण जन्माष्टमीको भोलीपल्ट निकालिने छ । यसको अवलोकनका लागि पाँचवटा महानगरपालिकासहित मोरङका १७ वटै स्थानीय तहलाई निमन्त्रणा पठाइएको छ ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले श्री राधाकृष्ण रथ यात्रालाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउनेगरी देश तथा विदेशका विशिष्ट व्यक्तिहरुलाई आमन्त्रण गर्ने तयारीमा जुटेको बताए । मेयर कोइरालाले रथ यात्रालाई विराटनगरको इज्जतप्रतिष्ठसँग तुलना गर्दै नेपाल तथा भारतका विभिन्न मठमन्दिरका मठाधिसहरुलाई आमन्त्रण गरेर रथयात्रामा सहभागिता गराउने उद्देश्यका साथ अगाडी बढेको जानकारी दिए ।

यो वर्ष काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) , ललितपुरका चिरीबाबु महर्जन, भरतपुरका रेनु दाहाल, पोखराका धनराज आचार्य, वीरगंजका राजेश मान सिंहलाई निम्तो पठाइएको छ । विराटनगर महानगरपालिका आफैं आयोजक हुने रथयात्राका लागि औपचारिक रुपमा अन्य महानगरपालिकालाई निम्तो पठाइएको प्रमुख नागेश कोइरालाका प्रेस सल्लाहाकार मिनकुमार नवोदितले जानकारी दिए ।

उपमहानगरपालिकातर्फ इटहरीका प्रमुख हेम कर्ण पौडेल, धरानका हर्क राज राई (हर्क साम्पाङ) र मोरङको १७ वटै स्थानीय तहलाई निमन्त्रणा गरिएको विराटनगर महानगरपालिकाले जनाएको छ ।

रथयात्रालाई यस वर्ष भव्य र ऐतिहासिक रुपमा निकाल्ने तयारी सुरु भईरहेको रथयात्रा व्यवस्थापन समितिले जनाएको छ । विराटनगर महानगरपालिका १ स्थित श्रीराधाकृष्ण मन्दिर परिसरबाट वि.सं. १९८८ साल देखि युगल जोडी भगवान श्रीराधाकृष्ण ‘खटयात्रा’ यात्राबाट प्रारम्भ भएको ऐतिहासिक यात्रा वि.सं. २०२५ सालबाट भव्य एवम् विशाल रथको निर्माण गरि निरन्तर रथयात्रा महोत्सव सञ्चालन हुँदै आएको थियो ।

कोरोनाका कारण रथयात्राको ५२ र ५३ औं संस्करण समेत विधी धान्न मात्रै निकालिइएको थियो । भने ५४ औं संस्करणका लागि रथयात्रा पहिलेको भन्दा कम मात्रामा झाकी उपस्थित गराएर रथ यात्रा निकालिएको थियो। । विराटनगरको यो रथयात्रामा भारतसहित नेपालका विभिन्न क्षेत्रबाट हजारौं भक्तजनहरु सहभागी हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्