विराटनगरबाट ब्राउन सगुरसहित एक जना पक्राउ

विराटनगरबाट ब्राउन सगुरसहित एक जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका-१५स्थित एक नम्बर ढाटबाट लागुऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा जिल्ला सप्तरी औरही गाउँपालिका ५ बस्ने २१ बर्षीय नितिश कुमार यादव रहेका छन् ।

भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका यादवलाई लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले सोमबार बेलुका पौने ६ बजे लागुऔषध ब्राउन सुगर १ ग्राम ०२ मिलिग्राम सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्