विराटनगरमा उद्योग संगठनको साप्ताहिक बजार

विराटनगरमा उद्योग संगठनको साप्ताहिक बजार

विराटनगर । विराटनगरमा मेरो देश मेरो उत्पादनलाई बिक्रीका लागि शनिबारीय बजार लाग्ने भएको छ । उद्योग संगठन मोरङ, महिला उद्यम समिति र नेपाली उद्यमी मञ्च विराटनगर च्याप्टरको सहकार्यमा आगामी भदौ १६ गतेदेखि शनिबारीय बजार लाग्ने भएको हो ।

घरेलु तथा साना उद्योग, युवा तथा महिला उद्यमीहरुद्धारा उत्पादित वस्तुको बजार प्रवद्र्धन, उद्यमशिलता विकासमा टेवा एवं प्रोत्साहनका साथै स्थानीय आर्थिक विकासमा सघाउ पु¥याउने उद्देश्यसहित शनिबारको बजार आयोजना गरिने भएको छ ।

युवा तथा महिलाहरुमा निहित सीपलाई  प्रयोग गरी स–साना परिणाममा घरमै वसेर उत्पादन गरेको वस्तूहरुका साथै घरेलु तथा कुटिर उद्योगका उत्पादनहरु बजारको अभाव र पहिचानको अवसरबाट वन्चित भई लोपभईरहेको अवस्थामा त्यस्ता वस्तुलाई लक्षिँत वर्गसम्म पु¥याउने योजना राखिएको महिला उद्यम समिति संयोजक प्रतिभा रिजाल ओलीले जानकारी दिइन् ।

बजार उद्योग संगठनको प्राङगणमा आयोजना गरिने छ । बजारमा १७ देखि २१ सम्म वटा स्टल रहने जानकारी दिइएको छ । एक स्टलको तीनसय रुपिँया शुल्क तोकिएको छ ।  बजारमा घरायासी प्रयोजनका सामाग्रिहरु, ताजा तरकारी तथा फलफुल, मह, अचार, हस्तकलाका सामाग्रीहरु, दैनिक खाद्य वस्तुहरु, पहाडी जिल्लाका अर्गेनिक उत्पादनहरु, गार्मेन्ट तथा श्रृगारका सामाग्रि लगायतका वस्तु रहने छन । साप्ताहिक बजारमा विराटनगर लगायत आसपासका घरेलु तथा साना उद्योग, महिला, युवा उद्यमीहरुको सहभागिता रहने छ ।

आर्थिक एवं औद्यागिक विकास र स्थानीय श्रोत, साधनको प्रयोग गरी बनाईएका वस्तुको ग्रँहक पहिचानका साथै स्वरोजगारलाई वढावा दिईन प्रारम्भ गरिएको साप्ताहिक बजारले बिक्रीकर्ता र खदिकर्ताको एकै थलोमा भेटघाटका लागि अवसर प्रदान गर्ने दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्