विराटनगरमा भदौ १५ गतेदेखि विद्यालयस्तरीय बास्केटबल प्रतियोगिता हुने

<span class='c1'>विराटनगरमा भदौ १५ गतेदेखि</span> <span class='c2'>विद्यालयस्तरीय बास्केटबल प्रतियोगिता हुने</span>

विराटनगर । विराटनगरमा भदौ १५ गतेदेखि विद्यालयस्तरीय बास्केटबल प्रतियोगिता हुने भएको छ। विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा भदौ २९ गतेसम्म प्रतियोगिता हुने भएको हो ।

विद्यार्थीहरुमा रहेको प्रतिभाको प्रफ़ुष्टन गर्दै बास्केटबल खेलको विकास गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ। चौथो संस्करणको विद्यालयस्तरीय प्रतियोगितामा ८ वटा टिम सहभागी हुने कार्यक्रम संयोजक त्रिलोक बाँस्तोलाले जानकारी दिए । १५ दिनसम्म हुने प्रतियोगितामा ८ वटा टिम,२७ खेल हुने आयोजकले जनाएको छ।

होम एण्ड अवे फर्म्याटको लिगमा एउटा टिमले आफ्नो ग्रुपको अन्य टिमसँग ३ खेल आफ्नो होम कोर्टमा र ३ खेल प्रतिद्वन्द्वी टिमको होम कोर्टमा हुनेछ । यसरी पहिलो चरणमै ६ खेल्ने हुने हुँदा चौथो संस्करणको प्रतियोगिता अन्य भन्दा फरक रहेको संयोजक बास्तोलाले बताए।

प्रतियोगिताको खेलहरु सगरमाथा, बिकेभिएम, डिपिएस, डनबोस्को, एभरेष्ट, सेन्ट जोसेफ र कोबास कलेजको बास्केटबल कोर्टमा हुने आयोजकले जनाएको छ। प्रतियोगीताको विजेतालाई ट्रफी,मेडल र प्रमाणपत्रको व्यवस्था रहेको आयोजकले जनाएको छ। म्यानअफ द म्याच र सर्वोत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था रहेको संयोजक बास्तोलाले जानकारी दिए ।

प्रतियोगितामा सगरमाथा, बिकेभिएम, डिपिएस, डन बोस्को, एभरेष्ट, अरनिको, पोखरिया, सेन्टजोसेफ स्कूल सहभागि हुनेछन् । तेस्रो विराटनगर बास्केटबल प्रतियोगितामा महिला र पुरुष गरी १२ वटा टिम सहभागीता रहेको थियो। जसमा पुरुषतर्फ विकेभीएम स्कुल र महिलातर्फ अरनिको स्कुल विजेता भएका थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्