यसपटकको रथयात्रामा भीआईपी सुरक्षा केन्द्रित हुनेछ : मोरङ प्रहरी

<span class='c1'>यसपटकको रथयात्रामा भीआईपी सुरक्षा केन्द्रित</span> <span class='c2'>हुनेछ : मोरङ प्रहरी</span>

प्रेम देवान
विराटनगर । ५५ औँ संस्करणको रथयात्रा आउन अब ८ दिन बाँकी छ । यसका मुल आयोजक समितिले आन्तरिक तयारीलाई तिव्र बनाईरहेको छ । रथयात्रालाई भव्य र सव्य बनाउनको लागी अहिले मुल आयोजक समितिले विभिन्न उपसमितिसँग भेटघाट तथा छलफललाई निरन्तरता दिएको छ ।

यसैविच बुधबार राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले सुरक्षा सम्बन्धी बैठक गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा आयोजना गरिएको कार्यक्रममा विशेष गरी रथयात्रा सुरक्षा सम्बन्धी छलफल भएको थियो । छलफल कार्यक्रममा रथयात्राको क्रममा कुनै पनि घटना र उश्रृंखल गतिविधि हुन नदिनको लागि मोरङ प्रहरीले कडाईका साथ लाग्ने बताएको छ ।

जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रमुख एसपी दिपक पोखरेलका अनुसार रथयात्रामा हुन सक्ने सम्भावित अपराधिक क्रियाकलापलाई नियन्त्रणका लागि त्यही अनुसारको सुरक्षा योजना तयार पारेका छौँ ।

यसपटक मुलुकभरका महानगर तथा उप महानगरपालीकाका प्रमुख तथा उपप्रमुख आउने भएपछि भीआईपी सुरक्षा केन्द्रित रहनेछौँ,’एसपी पोखरेलले भन्नुभयो ‘अन्य बर्षको भन्दा पनि यसपटक अहिलेका मानिएका र गनिएका जनप्रतिनिधीहरुको सहभागिता हुदैछ यसका लागी भए पनि हामीले सुरक्षा व्यावस्थामा कुनै कमि राख्नुभएन ।’

रथयात्राको क्रममा बढी मात्रामा महिलाहरुको सिक्री चोरी हुने, अभद्र व्यवहार जस्ता घटना हुने हुँदा सादा पोशाकमा हामीले बढी मात्रामा सुरक्षाकर्मी परिचालन गर्ने तयारीमा जुटेको पोखरेलले बताउनुभयो । बढी मात्रामा मानिसहरुको भिड हुने हुँदा सादा पोशाकका प्रहरीहरुले हिडेन क्यामारा बोकेर सुरक्षाको प्रत्याभुति दिलाउन यसपटक लागि परेको मोरङ प्रहरीले जनाएको छ । रथयात्रामा नेपाली सेना, सशस्त्र प्रहरी , जनपथ प्रहरी र सादा पोशाकमा सुरक्षा परिचालन गरिने जिल्ला प्रहरी प्रशासन कार्यालय मोरङले जनाएको छ ।

गत अघिल्लो ५४ औँ सस्करणको बेला उश्रृंखल गतिविधी गर्ने ५६ जनालाई मोरङ प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाही गरेको थियो ।
यसपालीको रथयात्रा यही भदौ २१ गते निकालीदैछ । विराटनगर महानगरपालिका १ स्थित श्रीराधाकृष्ण मन्दिर परिसरबाट वि.सं. १९८८ साल देखि युगल जोडी भगवान श्रीराधाकृष्ण ‘खटयात्रा’ यात्राबाट प्रारम्भ भएको ऐतिहासिक यात्रा वि.सं. २०२५ सालबाट भव्य एवम् विशाल रथको निर्माण गरि निरन्तर रथयात्रा महोत्सव सञ्चालन हुँदै आएको छ ।

विराटनगरमा निकालीने रथयात्रामा भारतसहित नेपालका विभिन्न क्षेत्रबाट हजारौंको संख्यामा भक्तजनहरु सहभागी हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्