विराटनगरमा मार्चपाससहित माओवादीको तीन महिने अभियान सुरु

<span class='c1'>विराटनगरमा मार्चपाससहित माओवादीको तीन</span> <span class='c2'>महिने अभियान सुरु</span>

विराटनगर । नेकपा (माओवादी केन्द्र) ले मार्चपाससहित तीन महिने अभियान सुरु गरेको छ ।

शनिबार विराटनगरमा मार्चपाससहित अभियान सुरु गरेको हो ।

माओवादीले आजबाट देशरभका सबै वडामा एकैपटक तीन महिने अभियान सुरु भएको छ । मार्चपासमा माओवादी केन्द्रका नेता तथा कार्यकताहरुको सहभागी रहेको थियो ।


विराटनगरको सहिद दिवाकर चोकबाट सुरू भएको मार्चपास विराटनगर महानगरपालिका हुँदै गोल्छा चोक भएर ट्राफिक चोकमा आएर कोण सभा भएको थियो ।

अभियानका क्रममा नवीकरण र विस्तारका माध्यमबाट पार्टी सदस्यता सङ्ख्या आठ लाख पु¥याउने गरी पार्टी र जवस मोर्चाका सबै कमिटीका बैठक सम्पन्न गरी स्वचालित कमिटी तयार पारिने माओवादीले जनाएको छ ।

माओवादीले अभियान अवधिभर केन्द्रीय पदाधिकारीलाई अन्तरप्रदेश, स्थायी समिति सदस्य र केन्द्रीय सदस्यलाई अन्तर जिल्ला तथा प्रदेश सदस्यलाई अन्तरपालिका खटाउने गरी कार्यक्षेत्र विभाजन गरेको छ । उनीहरुलाई अस्थायी बसोबासस्थलमा समेत कार्य क्षेत्र तोकी पठाइसकिएको छ । माओवादीले अध्यक्षसहित २२ केन्द्रीय पदाधिकारीलाई तीनमहिने अभियानको नेतृत्व गर्नेगरी जिम्मेवारी तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्