निजी विद्यालयले छात्रवृत्ति नदिएको गुनासोपछि विराटनगर महानगर लियो प्रवेश परीक्षा

निजी विद्यालयले छात्रवृत्ति नदिएको गुनासोपछि विराटनगर महानगर लियो प्रवेश परीक्षा

विराटनगर । संस्थागत विद्यालयले दिने १० प्रतिशत छात्रवृत्ति नदिएको गुनासो आएपछि छात्रवृत्तिको लागि प्रवेश परीक्षा विराटनगर महानगरपालिकाले लिएको छ ।

शनिबार महानगरले कक्षा ११ का लागि छात्रवृत्तिको प्रवेश परीक्षा लिएको हो ।

नेपाल सरकारको नियमअनुसार सबै निजी शैक्षिक संस्थाले अनिवार्य रूपमा १० प्रतिशत छात्रवृत्ति कोटा छुटाउनुपर्नेछ ।

त्यही अनुसार महानगरले आफैँले प्रवेश परीक्षा लिएको मेयर नागेश कोइरालाले बताए । छात्रवृत्तिको प्रवेश परीक्षा एक हजार १ सय ५० जना परीक्षार्थी सहभागी भएको महानगरले जनाएको छ । जसमध्ये छ सय ९८ जनाले छात्रवृत्ति पाउनेछन् ।

छात्रवृत्तिका लागि लिइएको प्रवेश परीक्षामा महानगर क्षेत्रभित्र ११ र १२ कक्षा सञ्चालन गर्ने १४ वटा विद्यालयले सहभागिता जनाएका छन् ।

यस अघि महानगरमा रहेको संस्थागत विद्यालयले छात्रवृत्ति नदिएको गुनासो आउने गरेको थियो ।

सर्वसाधारणको गुनासोको कारण यस पटकबाट महानगर आफैँले प्रवेश परीक्षा लिएर विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने तयारी गरेको हो ।

महानगरका मेयर कोइरालाले निजी विद्यालयले उपलब्ध गराउने छात्रवृत्ति नदिएको गुनासो बढेपछि महानगर आफैले परीक्षा लिएर विद्यार्थी पठाउने तयारी गरेको बताए ।

अनुगमनमा उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा सदस्य अञ्जु दाहालसहित सचिवालयको टिमलगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्