विराटनगरमा भारतको ‘महालक्ष्मी रथयात्रा’

<span class='c1'>विराटनगरमा भारतको</span> <span class='c2'>‘महालक्ष्मी रथयात्रा’</span>

विराटनगर । भारतको हरियाणाबाट सुरु भएको ‘महालक्ष्मी रथयात्रा’ विराटनगरमा शोभा यात्रा निकालिएको छ ।


विराटनगरमा रहेका नेपाल अग्रवाल सभा, नेपाल अग्रवाल युवा मंच, नेपाल अग्रवाल महिला मंच र नेपाल अग्रवाल कन्या मंचले आईतबार विराटनगरमा महालक्ष्मी रथयात्राको शोभा यात्रा निकालेको थियो ।


अग्रवाल समुदायको पितृभूमि अग्रोहा धामको प्रचार र कुलदेवी आद्य महालक्ष्मीको आर्शिवाद लिने उद्देश्यले विराटनगरमा महालक्ष्मी रथयात्राको शोभायात्रा निकालिएको हो ।
शोभायात्रा विराटनगरको अतिथी सदनबाट निकालिएको शोभात्रा मेनरोड हुदै रोडशेष पुगेर धरानरोड हुदै पुन कार्यक्रम स्थलमा पुगेर विविध कार्यक्रम गरिएको थियो ।


भारतको पानीटङ्की नाका हुँदै पूर्वीनेपालको काँकडभिट्टामा रथ प्रवेश गर्दा अग्रवाल समुदायले उल्लासपूर्वक स्वागत गरेका थिए ।
भारतको हरियाणाको अग्रोहा धामबाट सुरु भएको रथयात्रा भारत, भूटान र नेपालमा रथयात्राले परिक्रमा गर्ने कार्यक्रम रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्