विराटनगरको रथयात्रामा सरिक हुनेलाई प्रहरीका ११ सुझाव

विराटनगरको रथयात्रामा सरिक हुनेलाई प्रहरीका ११ सुझाव

विराटनगर । विराटनगरमा बिहीबार निकालिने राधाकृष्ण रथयात्रा अवलोकनमा सरिक हुने भक्तजनहरुका लागि मोरङ प्रहरीले ११ वटा सुझाव ग्रहण गर्न अनुरोध गरेको छ । प्रहरीले लाखौंको संख्यामा श्रद्धालु भक्तजनहरूको उपस्थिति हुने हुँदा भिडभाडको फाईदा उठाउँदै आपराधिक प्रवृत्तिका मानिसहरूसँग जोगिन आग्रह गरेको हो ।

चोरी, लुटपाट, पाकेटमारी लगायतका अवाञ्छित गतिविधि हुनसक्ने तथा रथयात्राका क्रममा भागदौड मच्चिई मानविय दुर्घटना हुनसक्ने, बालबच्चाहरू हराउन सक्ने, बृद्ध बृद्धाहरू घाईते हुनसक्ने जोखिम रहेको प्रहरीले जनाएको छ ।
त्यसका लागि जिल्ला प्रहरी कार्यालय मोरङले पर्याप्‍त मात्रामा प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था गरेको जानकारी दिइएको छ । प्रभावकारी सुरक्षा व्यवस्थाको लागि समारोहमा सरिक हुनुहुने सहभागीहरुबाट समेत महत्वपूर्ण योगदान पुग्न सक्ने भएकोले निम्न विषयमा सजगता अपनाउन अनुरोध गरेको छ ।

१) बहुमुल्य गरगहनाहरू लगाई समारोहमा नआउनु हुन ।
२) अधिक नगद र बहुमुल्य सामाग्रीहरू साथमा नल्याउनु हुन ।
३) रथयात्राको मार्ग (राधाकृष्ण मन्दिर–तिनपैनी चोक–ट्राफिक चोक–रोडशेष चोक – बसपार्क–महेन्द्र चोक–भृकुटी चोक–बरगाछी चोक–दुर्गा चोक हुँदै राधाकृष्ण मन्दिर) र समारोहस्थल वरपर सवारी साधन पार्किङ नगरी दिनु हुन ।
४) सवारी साधनहरूमा ह्‍यान्डल लक, ह्विल लक लगायतका सुरक्षाका अतिरिक्त विधिहरु समेत अपनाई सिसी टिभी तथा मानिसको निगरानी रहेको सुरक्षित स्थानमा मात्र पार्किङ गरी दिनु हुन ।
५) आफ्नो साथमा बालबालिकाहरू लिई समारोहमा नआउनु हुन ।
६) बृद्ध बृद्धाहरूले साथमा सहयोगी लिएर मात्र आउनु हुन ।
७) भिडभाडको फाईदा लिई महिला तथा बालबालिकाहरूमाथि हुनसक्ने दुर्ब्यवहार प्रति सजग रहन हुन ।
८) घरका सवै सदस्यहरु एकैपटक घरबाट ननिस्की आलो(पालो गरेर मात्र आउनुहुन ।
९) घरबाट सवै सदस्यहरु एकै समयमा बाहिर जानुपर्दा बलियो संग ढोका बन्द गरेर मात्र जानुहुन ।
१०) तपाईको छेउमा रहेको जुनसुकै व्यक्ति संकास्पद व्यक्ति हुन सक्ने भएकोले हर हमेसा चनाखो रहनु हुन ।
११) कुनैपनि प्रकारको चोरी, लुटपाट, दुर्ब्यवहार लगायतका समस्या भएमा वा कसैको गतिविधि संकास्पद लागेमा तत्काल नजिकैको प्रहरी वा प्रहरी कन्ट्रोलको १०० नम्बरमा जानकारी दिनु हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्