विराटनगरको रथयात्रामा यस्तो हुनेछ ‘सेक्युरिटी एलर्ट’

विराटनगरको रथयात्रामा यस्तो हुनेछ ‘सेक्युरिटी एलर्ट’

विराटनगर । विराटनगरमा ५५ औं संस्करणको राधाकृष्ण रथयात्रा बिहीबार (आज) ३ बजे तीनपैनीस्थित राधाकृष्ण मन्दिर परिसरबाट निकालिदैछ । विराटनगरको तीनपैनी–ट्राफिकचौक हुँदै रोडशेष चौकलाई फन्को मारेर बसपार्क–महेन्द्रचौक–भृकुटीचौक हुँदै बरगाछीबाट पुनः राधाकृष्ण मन्दिरतर्फ यसलाई मोडिने छ । राधाकृष्णको युगलजोडीलाई विराटनगरको नौ किलोमिटर दुरीमा रथारोहण गराएर यात्रा गराईने छ ।

जसका लागि नेपाल प्रहरीका एक हजार ५०० प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालका अनुसार नौ किलोमिटर दुरीमा रथलाई तान्ने काम नेपाल प्रहरीले गर्नेछ । रथको चारैतर्फ प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी परिचालित हुनेछन् । रथ अगाडी प्रहरी निरीक्षकको कमाण्ड हुनेछ । प्रहरी भन्दा बाहिरको परिसरमा स्यम्सेवक परिचालित हुनेछन् । रथ तान्ने लेयर सकिएपछि पुनः प्रहरी निरीक्षकको कमाण्डमा टोलि हुनेछ । त्यसपछि भीआईपीको टोलि हुनेछ । भीआईपीको टोलिलाई कभर बनाएर अगाडी र पछाडी प्रहरीको एरेस्ट टोलि हुनेछ । पुनः त्यस अगाडी बाटो क्लियर गर्ने प्रहरी निरीक्षकको टोलि हुनेछ ।

त्यस अगाडी झाँकीहरुको प्रदर्शन हुनेछ । यस पटक रथयात्रामा ७० वटा झाँकीहरु सहभागि हुने अनुमान प्रहरीले गरेको छ । यो झाँकीहरुको बीचमा समेत सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी नायव उपरीक्षक दाहालले जानकारी दिएका छन् । दाहालका अनुसार रथ बिश्राम हुने ४३ स्थानमा प्रहरीको पिकेट टोलि ड्यूटीमा हुनेछ । कुनै घटना भएमा तत्काल उद्धारका लागि स्ट्राकिङ टिम समेत छुट्टै परिचालन गरिएको छ । यस पटकको रथयात्रामा २५० महिला प्रहरी र एकसय बढी सादा पोशाकमा प्रहरी परिचालन गरिएको दाहालले जानकारी दिएका छन् ।
नेपाल प्रहरीका एक हजार ५०० प्लस प्रहरी बाहेक सशस्त्र प्रहरीले समेत ६०० संख्यामा प्रहरी परिचालन गरेको छ । सशस्त्रले बाहिरी कभर गरेर सुरक्षा हेर्नेछ । कुनैपनि घटना हुनसक्ने संभावना देखिएमा दुवैतर्फका प्रहरी टोलिले एकिकृत ट्याकल गर्ने योजना रहेको छ ।

यसवर्षको रथयात्रामा अन्य स्थानीय तहका मेयर तथा उपमेयरहरुको समेत उपस्थित हुने भएको छ । विराटनगरमा एक कार्यक्रममा सहभागि हुन आएका मेयर, उपमेयरहरुलाई रथयात्रा अवलोकनमा सहभागि गराउने योजना राखिएको छ । प्रहरीको नोटिसमा १४ स्थानीय तहका प्रमुखहरु रथयात्रामा सहभागि हुनेछन् । त्यस बाहेक भारतका समेत केहि स्थानीय प्रमुखहरु सहभागि हुने अनुमान गरिएको छ ।

रथ तान्ने प्रहरी कर्मचारी, त्यो भन अगाडी इन्पेृक्टर । चारैतिर इनिपेक्टर । बाहिर भोलेन्टर, भीआईपी, मेयर, मेयर अगाडी र पछाडी एरेस्ट टोलि प्रहरीको टोलि इनिपेक्टर, झाँकी ७०, झाँकी बीचमा सुरक्षा । त्यस अगाडी प्रहरी । ४३ स्थानमा पिकेट ड्युटी, सट्राइकिङ टिम तत्काल घटना भए उद्धार । महिला प्रहरी २५० । सादा पोशाक एक सय । १४ जना । १५०० प्लस । सशस्त्र प्रहरी पनि छ । ७००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्