कोशी प्रदेश : मुख्यमन्त्रीमा कार्कीलाई नियुक्त गर्न आदेश, उद्धव थापा पदमुक्त

<span class='c1'>कोशी प्रदेश : मुख्यमन्त्रीमा कार्कीलाई</span> <span class='c2'>नियुक्त गर्न आदेश, उद्धव थापा पदमुक्त</span>

विराटनगर। सर्वोच्च अदालतले कोशी प्रदेशको मुख्यमन्त्रीमा सबभन्दा ठूलो दलको नेता हिक्मतकुमार कार्कीलाई नियुक्त गर्न आदेश दिएको छ।

यससँगै उद्धव थापाले लिएको विश्वासको मत दोस्रो पटक  असंवैधानिक रहेको ठहर गर्दै बदर गरिदिएको छ । उनलाई यस पटक पदमुक्त हुने आदेश दिएको हो । थापाले प्रदेशसभामा मत बराबर नभएको अवस्थामा सभाध्यक्षलाई प्रयोग गरेर लिएको मत असंवैधानिक भएसँगै उनी मुख्यमन्त्रीबाट पदमुक्त भएका हुन् ।

न्यायाधीशहरु सपना प्रधान मल्ल, डा. कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले मुख्मन्त्री थापालाई पदमुत्त गरेको हो ।

पुर्ण इजलासले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखका नाममा परमादेश जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्