विराटनगरमा ५५ औं संस्करणको राधाकृष्ण रथयात्रा सम्पन्न

<span class='c1'>विराटनगरमा ५५ औं संस्करणको</span> <span class='c2'>राधाकृष्ण रथयात्रा सम्पन्न</span>

विराटनगर । विराटनगरमा ५५ औं संस्करणको राधाकृष्ण रथयात्रा बिहिबार सम्पन्न भएको छ ।

विराटनगर–१ स्थित राधाकृष्ण मन्दिर परिसरबाट आज दिउँसो ४ः०० बजे पूजाअर्चना गरेपछि रथयात्रा निकालिएको थियो ।

राधाकृष्ण मन्दिरबाट सुरु भएको रथयात्राको सुरुवात अघि विभिन्न स्थानीय तहका प्रमुखहरुले रथको दर्शन गरेका थिए।

राधाकृष्ण मन्दिर परिसरबाट निकालिएको रथलाई बजारको परिक्रममा गरिएको छ । मेनरोडबाट रोडशेष, रोडशेषबाट कोशी राजमार्ग हुँदै बरगाछीबाट पुनः राधाकृष्ण मन्दिर परिसरमा रथ ल्याएर बिसर्जन गरिएको थियो ।

धार्मिक एवं साँस्कृतिक महत्व झल्काउने विराटनगरको राधाकृष्ण रथयात्रा श्रीकृष्ण जन्माष्टमीको भोलीपल्ट निकालिने ऐतिहासिक परम्परा रहेको छ । विराटनगर-१ स्थित श्रीराधाकृष्ण मन्दिर परिसरबाट वि.सं. १९८८ साल देखि युगल जोडी भगवान श्रीराधाकृष्ण आरूह ‘खट यात्राबाट प्रारम्भ भएको ऐतिहासिक यात्रा वि.सं.२०२५ सालबाट भव्य एवम् विशाल रथको निर्माण गरि निरन्तर रथयात्रा महोत्सव सञ्चालन हुँदै आएको थियो ।

कोरोनाका कारण रथयात्राको ५२ र ५३ औं संस्करण समेत विधी धान्न मात्रै निकालिइएको थियो । भने ५४ औं संस्करणका लागि रथयात्रा पहिलेको भन्दा कम मात्रामा झाकी उपस्थित गराएर रथ यात्रा निकालिएको थियो। विराटनगरको यो रथयात्रामा भारतसहित नेपालका विभिन्न क्षेत्रबाट हजारौं भक्तजनहरु सहभागी हुने गरेका छन् ।

भारतको जगन्नाथपुरीमा निकालिने रथयात्रापछिको दोस्रो ठूलो विराटनगरको रथयात्रालाई मान्ने गरिएको राधाकृष्ण मन्दिर समितिका अध्यक्ष कैलाश रेग्मीले बताए। रथयात्रा सम्पन्न गर्नका लागि १८ उपसमिति निर्माण गरिएको थियो । भने ५ सय भन्दाबढी स्वयंसेवकहरु खटाईएको आयोजक समितिले जनाएको छ ।

त्यसैगरी रथयात्राका अवसरमा विभिन्न शङ्कास्पद गतिविधिमा संलग्न ३८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेका ३० पुरूष र आठ महिला (छ जना नेपाली, ३२ जना भारतीय) गरी जम्मा ३८ लाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए ।

तस्बिर: सुशील साह /आवर विराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्