राधाकृष्ण रथयात्रा : भीडको रौनकले नछोएको ‘अर्जुन’

<span class='c1'>राधाकृष्ण रथयात्रा : भीडको</span> <span class='c2'>रौनकले नछोएको ‘अर्जुन’</span>

सुजता लिम्बू
विराटनगर । मध्य दिन । चर्को घाम, रथयात्रालाई अवलोकन गर्न आँउने जानेहरुको भीड उत्तिकै । त्यही भीडमा खेलौनाको व्यापार गर्न बसेका १३ वर्षीय अर्जुन सहनीलाई भने भीडको रौनकताले तान्न सकेको थिएन ।

विराटनगर १४ का अर्जुनलाई हतार थियो त आफूले ल्याएको सामाग्री बिक्रि गरेर घर पुग्ने । बुवाले गर्दै आएको व्यवसाय विद्यालय छुट्टीको दिन आफूले पनि व्यापार गर्न ल्याएको उनले सुनाए ।

उनी कक्षा ७ मा अध्ययनरत छन् । ‘यो पेशा बुबाको हो , उहाँले व्यापार गर्नुहुन्छ आज छुट्टी छ नि त त्यही भएर म पनि बुबालाई सघाउन आएको,’ उनले भने,‘अन्य समय त स्कुल जान्छु नि । ’ उनकै उमेर समुहकाहरु खेलौना खरिद गर्न आँउदा एकतमासले खुट्टादेखि अनुहारसम्म हेरिरहेका उनीभित्र पनि घुम्ने र रमाईलो गर्ने रहर हुँदो हो । तर, परिस्थितिका अगाडि रहर र उमेर दुवै परिपक्क भइदिने भएकाले पपिन होला अर्जुन आफूले व्यापारका लागि ल्याएको खेलौना बिक्रि गरेको पैसा र बच्चा ग्राहकलाई देखाउने खेलौनासँग खेलिरहेको झैँ देखिन्थे ।

तीनपैनी राधाकृष्ण मन्दिर छेउमा भेटिएको अर्जुनलाई भविष्यमा के बन्ने लक्ष्य छ ? भन्ने प्रश्न गर्दा उनी मुन्टो हलाउदै भन्छन्,‘खै अहिले सोँचेको छैन, अब सोँच्नुपर्ला ।’ खेलौना बिक्रि गरेको पैसाले चाँही कपी र कलम किन्ने विचार रहेको उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्