विराटनगर–काँकडभिट्टा विद्युतीय गाडीमा सरर…

<span class='c1'>विराटनगर–काँकडभिट्टा विद्युतीय</span> <span class='c2'>गाडीमा सरर…</span>

देवराज तामाङ
विराटनगर । मोरङको बेलबारी–३ का गोपीराज राई विराटनगर–काँकडभिट्टा रुटमा यात्रु बहाक सवारी सञ्चालन गर्नुहुन्छ । गाडीको मालिक र चालक समेत रहनु भएका राई विराटनगरको चार्जिङ स्टेसनमा चार्ज गरेर काँकडभिट्टासम्मको यात्रा गराउने विद्युतीय सवारी चलाउनु हुन्छ । देशभर र कोशी प्रदेशका मुख्यमुख्य स्थानमा चार्जिङ स्टेसन निर्माण अन्तिम प्रक्रियामा पुगेपछि चार महिना अगाडी राईले ४५ लाख मूल्यमा विद्युतीय यात्रुवहाक सवारी खरिद गर्नु भएको हो ।

वातावरणमैत्री र आरामदायी सवारी भएका कारण यात्रुको आकर्षण पनि उस्तै छ । देशभरका ५१ स्थानमा विद्युतीय सवारी साधन चार्जिङ स्टेसन गत बुधबारदेखि सञ्चालनमा आउँदा विराटनगर बसपार्कसहित कोशी प्रदेशका ९ स्थानमा यो सुविधा उपलब्ध छ ।

विराटनगर बसपार्कमा १४२ किलोवाट क्षमताको चार्जिङ स्टेसन छ । जसमा एकसाथ तीन वटा सवारीसाधन चार्ज गर्न सकिन्छ । एक पटक चार्ज गर्दा ४६५ रुपिँया शुल्क बुझाउनु पर्ने राईले जानकारी दिनुभयो । यसरी सवारीको ब्याट्री –ब्याकअप) फुलचार्ज गर्दा तीनसय किलोमिटर दुरीसम्म थेग्ने दावी छ ।
विराटनगर बसपार्कबाट लामो तथा छोटो दुरीका लागि ४५० सवारी दैनिक छुट्ने गर्दछन् । तर, बिद्युतीय सवारीको संख्या भने दुईवटा मात्रै रहेका छन् । केहि समयपछि विराटनगर बसपार्कबाट ६ वटा विद्युतीय सवारी सञ्चालनमा आउने राईले जानकारी दिनुभयो ।

विराटनगर बसपार्क सञ्चालन समितिका सह–सचिव राजु धमालाले अहिले दुईवटा सवारी परीक्षणको रुपमा छोटो दुरी गरिरहेको जानकारी दिनुभयो । विराटनगर–काकडभिट्टासम्मको दुरीमा बिद्युतीय यात्रुवहाक सवारी सञ्चालन हुनका लागि माइक्रो भ्यान नभई बसको मोडल बढी प्रभावकारी हुने धमलाको भनाई छ ।
नेपाल बिद्युत प्राधिकरणले मुलुकभर सञ्चालनमा ल्याएका चार्जिङ स्टेशनहरु पूर्ण स्वचालित रहेका छन् । नेपाल बिद्युत प्राधिकरणको 'एनईए चार्ज' एप मोबाइलमा डाउनलोड गरेर चार्ज गर्ने र शुल्क बुझाउने सुविधा दिइएको छ ।

कोशी प्रदेशका मुख्य शहरहरु विराटनगरमा एक, झाापको बिर्तामोडमा २, दमकमा २, सुनसरीको इटहरी र इनरुवामा १/१, उदयपुरको बेलकामा २ रहेका छन् । विराटनगरको चार्जिङ स्टेसनमा एकसाथ तीन सवारी चार्ज हुने सुविधा छ । प्राधिकरणले पिक समय (साँझ ५ बजदेखि राती ११ बजे) लाई प्रतियूनिट १० रुपिँया ४४ पैसा र अफ पिक समय (राती ११ बजेदेखि बिहान ५ बजेसम्म) ६ रुपिँया ०६ पैसा, बिहान ५ बजदेखि साँझ ५ बजेसम्म ८ रुपिँया २८ पैसा चार्जिङ शुल्क तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्