विराटनगरको जेसी बाल सदनमा टपरी गाँस्ने सीप सिक्दै विद्यार्थी

<span class='c1'>विराटनगरको जेसी बाल सदनमा टपरी</span> <span class='c2'>गाँस्ने सीप सिक्दै विद्यार्थी</span>

विराटनगर । विराटनगर १३ स्थित जेसी बाल सदन माध्यमिक विद्यालयले आफ्नो अतिरिक्त क्रियाकलापको रुपमा आफ्ना विद्यार्थीहरुलाई टपरी गाँस्ने तालिम प्रदान गरेको छ ।

सोह्र श्राद्व सुरु हुन लागेको बेला र संस्कृति परम्पराको जगेर्ना समेत हुने गरी उक्त तालिम प्रदान गरिएको विद्यालयले जनाएको छ ।
कक्षा ४ देखि कक्षा ७ सम्मका एक सय ७९ विद्यार्थी तालिममा सहभागी भएका थिए ।

टपरी गाँस्न पात र सिन्का विद्यालयले प्रदान गरेको थियो । भने तालिमको प्रशिक्षण विद्यालयका शिक्षकहरुले दिइएको थिए । धेरै धार्मिक कार्यहरूमा टपरीको महत्व हुने र नयाँ पुस्तालाई यो परम्परा हस्तान्तरण गर्न उक्त तालिमको आयोजना गरिएको विद्यालयले जनाएको छ ।
नयाँ पुस्तालाई यो ज्ञान नसिकाए लोप हुने खतरा देखिएको कारणले टपरी गाँस्ने सीप विद्यार्थीहरुलाई सिकाइएको विद्यालयका प्रधानाध्यापक तुलसी दुलाल बताए ।
तालिमको व्यवस्थापन विद्यालयका संयोजक अनुज दाहाल गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्