बाइस दिनमा ११ लुटपाट : संलग्न पक्राउ गर्न मोरङ प्रहरीको ‘अप्रेशन शेरा ब्राभो हन्ट’

<span class='c1'>बाइस दिनमा ११ लुटपाट : संलग्न पक्राउ</span> <span class='c2'>गर्न मोरङ प्रहरीको ‘अप्रेशन शेरा ब्राभो हन्ट’</span>

विराटनगर । प्रहरीले मोरङ र सुनसरीमा श्रृंखलावद्ध लुटपाटका ११ घटनामा संलग्न समूहका ६ जनालाई नियन्त्रणमा लिएको छ । रातको ११ बजेदेखि बिहान ४ बजेसम्मको समयमा बाटो ढुकेर लुटपाट गर्दै आएको समूहलाई प्रहरीले पक्राउ गरेर आइतबार पत्रकार सम्मेलन गरेर सार्वजानिक गरेको हो ।

मोरङका प्रहरी नायव उपरीक्षक (डिएसपी) रन्जनकुमार दाहालका अनुसार श्रृंखलावद्ध चोरीका घटना बढिरहेको बेला पछिल्लो समय भदौ २२ गते इलाका प्रहरी कार्यालय दुहबी सुनसरीबाट ड्युटीमा खटिएका प्रहरीलाई आक्रमण गरेर हतियार लुटिएको थियो । डएसपी दाहाल अनुसार विराटनगर महानगरपालिका–५ र सुनसरीको बर्जु गाउँपालिका १ को सीमा क्षेत्र शुक्रबारेमा सादा पोशाकमा खटिएका प्रहरीमाथि आक्रमण गरेर ‘टाइप ५४ चाईनिज पेस्तोल’ लुटपाट भएपछि यो समूहलाई नियन्त्रण गर्न विशेष खोज अभियान सञ्चालन गरिएको थियो ।

प्रहरीमाथि नै आक्रमण भएपछि घटनामा संलग्नहरुलाई खोजतलास गर्नका लागि ‘अप्रेशन शेरा ब्राभो हन्ट’ चलाएको हो । त्यहि अभियान अन्तर्गत प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलिले मोरङको बुढीगंगा–५ कोयलपुर क्षेत्रको नहरको सडकबाट उनीहरुलाई भदौ २२ गते राती ११ः४५ बजे नियन्त्रणमा लिइएको हो । रातको ११ः३० बजे पैदल हिडिरहेका तीनजना व्यक्तिहरुलाई लुटपाट गर्न खोजेको भनी प्रहरीमा सूचना आएपछि तत्काल घटना भएको आसपास क्षेत्रलाई घेरा हालेर उनीहरुलाई पक्राउ गरिएको डएसपी दाहालले जानकारी दिनुभयो ।
नियन्त्रणमा परेर सार्वजानिक गरिएकाहरुमा सुनसरी दुहवी नगरपालिका–४ निवासी ३२ वर्षीय नसुदिन मिया, दुहवी–१ क ३० वर्षीय मो.अलिम मुर्तुजा, मोरङको बुढीगंगा गाउँपालिका–४ का ४० वर्षीय रिजवन मिया, बुढीगंगा–५ का २१ वर्षीय मो.नजरुल मिया, बुढीगंगा–४ का २५ वर्षीय सिजाम आलम र भारत घर भई दुहवी नगरपालिका–६ बस्ने ४० वर्षीय मो.आलम छन् ।

यसमध्ये बुढीगंगा–४ का रिजवान मिया २०६४ सालदेखि २०७९ सम्म १० वटा अवराधमा संलग्न भई मोरङ र सुनसरीमा डाका, चोरी, हातहतियार खरखजाना, ज्यान मार्ने उद्योग लगायतका मुद्दामा पक्राउ परिसकेका व्यक्ति रहेको खुलेको छ । यस्तै २०७० सालमा हात हतियार खरखजाना मुद्दामा पूर्पक्षको लागि कारागार चलान भएको खुलेको छ । रिजवान त्यस अगाडी २०६४ र २०६५ सालमा भएका डाका र ज्यान मुद्दामा फरार प्रतिवादी समेत रहेको खुलेको प्रहरी उपरीक्षक दिपक पोखरेलले जानकारी दिनुभयो । पक्राउ परेका मोरङ बुढीगंगा–४ का सिजाम मिया मोवाइल सेन्टरको सञ्चालक रहेको खुलेको छ । लुटपाटमा संलग्न मोवाइल त्यहाँबाट बिक्री वितरण हुने गरेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार यस अगाडी भदौ २ गते मोरङ ग्रामथान गाउँपालिका झोराहाट, भदौ ३ गते बेलेपुर बिद्युत अफिस नजिक सिटी सफारी र यात्रु लुटपाट, भदौ ३ गते नै ग्रामथान–५ गिदनी पुलमा मोटरसाइकल सवार व्यक्ति लुटपाट, भदौ ५ गते सुनसरीको दुहवी नगरपालिका–८ कदमगाछीमा भएको लुटपाटमा संलग्न रहेको आरोप छ । यसैगरी भदौ ९ गते मोरङ ग्रामथान–५ तेत्तरियाको बाङ्गे बजारमा भएको लुटपाट, भदौ १२ गते सुनसरी दुहबी १० बुद्धचौकमा भएको लुटपाट, भदौ १४ गते सुनसरीका गढी गाउँपालिका–२ मा भएको लुटपाट, भदौ १५ गते मोरङ बेलबारी–२ थापाचौकमा भएको लुटपाट, भदौ २१ गते सुनसरीको बर्जु गाउँपालिका–१ शुक्रबारेमा भएको लुटपाटमा समेत यहि समूह संलग्न देखिएको खुलेको छ । भदौ २२ गते प्रहरीको पेस्तोल र त्यहि राती सुनसरीको बर्जुमै मोवाइल फोन र एयरफोन चोरीमा संलग्न भएको खुलेको छ ।

भदौ महिनामा मात्रै लगातार ११ वटा लुटपाटका घटना भएपछि प्रहरीले विशेष अभियानमार्फत नै उनीहरुलाई नियन्त्रणमा लिएको डएसपी दाहालले जानकारी दिनुभयो । उनीहरुको साथबाट प्रहरीबाट लुटिएको चाइनिज पेस्तोल, त्यस बाहेक थप एकथान कटुवा पेस्तोल, रड तीनथान, धारिलो हतियार चक्कु २ थान, पेचकस १ थान प्रहरीले बरामद गरेको छ । यसैगरी बीआर ३८४–७६८० नम्बर लेखिएको सुपर स्पेन्डर मोटरसाइकल र नेपाली नम्बर प्लेट भएको को २२ प ५९०१ के आर–१५ मोटरसाइकल बरामद गरेको जानकारी दिइएको छ ।

यसैगरी विभिन्न ११ घटनामा लुटपाट गरिएको नगद, गरगहना र मोवाइल समेत बरामद भएको जानकारी दिइएको छ । प्रहरीले लुटपाट भएकोमध्ये एकलाख ७५ हजार २७५ नेपाली रुपिँया, ११ हजार ६०० भारतीय रुपिँया, साउदी रियाल–६, मलेसियल रिङगिट–६, यूएई दिराम–५, यूएस डलर २ सेन्ट, सिंगापुर डलर–१ सेन्ट । बंगलादेश टक्का २ बरामद गरेको छ । यसैगरी सुनको जस्तो देखिने झुम्का एकजोर, तिलहरी एकथान, चाँदीको जस्तो देखिने तिन लहरे सिक्री एकथान र पाउनु एकजोर बरामद भएको छ ।

यसैगरी चोरी भएका स्मार्ट फोन ११ थान (टेक्नोपार्क–१, भिभो–१, रेड मि–४, रियल मि–१, हुवाई–१, सामसुम–२ र एमआई–१) बरामद गरेको छ । यसैगरी बटन –किप्याड) ५ थान मोवाइल (इन्टेल–१, इन्टेक्स–१, कलर–१, लाभा–१, केचोडा–१) बरामद भएको डएसपी दाहालले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्