विराटनगरमा अर्का अधिकृतले शौचालयमा मोवायल राखेर भिडियो खिचेको घटना सामसुम

विराटनगरमा अर्का अधिकृतले शौचालयमा मोवायल राखेर भिडियो खिचेको घटना सामसुम

विराटनगर । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कोशी प्रदेश परीक्षा व्यवस्थापन कार्यालय विराटनगरको शौचालयमा अधिकृतले मोवाइल राखेर भिडियो रेकर्ड गरेको घटना बाहिरीएको छ । घटना बाहिरीपनि यसलाई सामसुम पार्दै बद्मासी गर्ने अधिकृतलाई पुरस्कृत गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले छानविन समेत गरेको घटनामा शाखा अधिकृत दयाराम राई संलग्न रहेको खुलेको थियो । उनलाई कारवाही नगरी मधेश प्रदेश कार्यालय जनकपुरमा सरुवा गरेर घटना सामसुम पारिएको छ ।

कार्यालयको दोस्रो तलामा कर्मचारी तथा सेवाग्राहीले प्रयोग गर्ने शौचालयमा २०८० जेठ ७ गते आइतबार बिहान ९ः३० बजे मोवाइल फेला परेको थियो । सरसफाई गर्ने क्रममा शौचालयको कुनामा भिडियो खिचिरहेको अवस्थामा मोवायल फेला परेको थियो । टिनको पातोले छोपेको अवस्थामा मोवाइल फेला परेपछि सोधखोजका क्रममा अधिकृत राईले खोसेका थिए ।
शौचालयमा भेटिएको मोवायल अधिकृत राईले खोसेपछि जेठ १२ गते त्यस विषयमा कार्यालयमा बैठक बसेको थियो । त्यस क्रममा मोवाइल आफ्नो भएको स्वीकार गरेपछि कार्यालयका निमित्त निर्देशन युवराज पौडेलले केन्द्रीय कार्यालयमा छानविन गरि आवश्यक कारवाहीको माग गर्दै निवेदन लेखेका थिए ।

राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले घटनाको विषयमा छानविन समितिले दिएको प्रतिवेदन कार्यन्वयन गर्दै अधिकृत राईलाई विराटनगर कार्यालयबाट मधेश प्रदेश कार्यालय सरुवा गरिएको जानकारी दिएका छन् । छानविन समितिले दिएको प्रतिवेदनमा केहि प्राविधिक पक्षहरु उल्लेख गरिएको र त्यहि अनुसार विराटनगर कार्यालयमै राख्नु नहुने निष्कर्षसहित मधेश प्रदेश कार्यालय जनकपुरमा सरुवा गरिएको दावी छ । अधिकृत राईलाई भदौ १६ गतेदेखि जनकपुर कार्यालयमा हाँजिर गराइएको छ ।
शौचालयमा भेटिएको मोवायल अधिकृत राईले खोसेपनि हराएको भनेर दावी गर्दै गरेका थिए । उनले आफ्ना दुई मोवाइल तेह्रथुम जाने क्रममा हराएको भन्दै आएका थिए ।

यो मोवायल जफत नहुँदा त्यहाँ भिडियो रेकर्ड भएको अति गोपनियताको विषय कहिले सार्वजानिक होला भनेर कतिपय महिला कर्मचारी भने चिन्तामा छन् । त्यति मात्रै नभई कार्यालयको काम लिएर फिल्डमा जाँदाताका होटलमा बास बस्ने क्रममा समेत शौचालयमा भिडियो रेकर्ड गरेको आशंका कतिपयले गरेका छन् ।

छिन्–छिनमा पिसाब लागो भन्दै शौचालय गईरहने गरेका राईले के कति भिडियो बनाए भन्ने धेरैलाई चिन्ता परेको छ । महिला कर्मचारीदेखि सेवाग्राहीसम्मले प्रयोग गर्ने शौचालयमा उनी बारम्बार किन जान्थे भन्ने विषय अहिले मात्रै खुलेको हो । उनले प्रयोग गर्ने मोवायल कहाँ कसरी राखे भन्ने कुराले धेरैलाई डर लागेपछि यो विषय प्रहरीको साइबर ब्यूरोले अनुसन्धान गरेर भिडियो लगायतका म्याटर ट्रान्सफर भएको भए अध्ययन गरिदिनुपर्ने माग समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्