महिलाको पाठेघरको स्वास्थ्य चेकजाँच गर्दै , विराटनगरका सौन्दर्यकर्मीहरुको फरक तीज (फोटो फिचर )

<span class='c1'>महिलाको पाठेघरको स्वास्थ्य चेकजाँच गर्दै , विराटनगरका</span> <span class='c2'>सौन्दर्यकर्मीहरुको फरक तीज (फोटो फिचर )</span>

विराटनगर । तीज मनाउने कार्यक्रम भन्ने वित्तिक्कै होटल वा पार्टी प्यालेस भन्ने बुझिन्छ । तर, विराटनगरका सौन्दर्यकर्मी महिलाहरुले भने यस पटकको तीज फरक तरिकाले मनाएका छन् । तीज चार्ड पनि महिला विशेष नै हुने भएकाले विराटनगरमा रहेको राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगरले महिलाहरुको निःशुल्क पाठेघरको मुखको क्यान्सरको परीक्षणको लागी एकदिने स्वास्थ्य शिविर गरेको छ ।

युनियनले मंगलबार मोरङको कटहरी गाँउपालिका वडा न ३ मा रहेको स्वास्थ्य चौकीमा तीज सन्दर्भलाई जोडेर भिआईए प्रविधीद्धारा महिलाहरुको पाठेघरको क्यान्सरको सम्बन्धी परिक्षणका लागि संयोजन गरेको हो । तीजमा एकदिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा ७५ जना महिलाहरुको भिआइए प्रविधीद्धारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी चेकजाँच गराएका थिए ।

 

 

राष्ट्रिय सौन्दर्यकर्मी युनियन महागरकी अध्यक्ष भली सुब्बाका अनुसार विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्त्रीरोग विशेषज्ञ डा.रमेश श्रेष्ठले महिलाहरुको स्वास्थ्य परीक्षण गरेका हुन् । चेकजाँचको क्रममा २ जना महिलाको पाठेघरको मुखको क्यान्सर देखिएको थियो । उनीहरुलाई तत्काल उपचारको लागि समेत व्यावस्था गरिएको सुब्बाले जानकारी दिइन् ।

कार्यक्रममा कटहरी गाँउपालिका अध्यक्ष देवराज चौधरीले होटल तथा पाटी प्यालेसमा मनाईने परम्परालाई त्याग्दै यसरी महिला हितको लागी स्वास्थ्य शिविर गरेर राम्रो काम गरेको बताएका थिए । पछिल्लो समय तीज भन्ने वित्तिक्कै होटल वा पाटी प्यालेसमा मनाईने प्रचलन छ, तर ग्रामिण भेगको महिला दिदीबहिनीहरुको पाठेघर सम्बन्धी स्वास्थ्य शिविरको आयोजना गरेर नमूना कार्य गरेको अध्यक्ष चौधरीको भनाई थियो ।

कार्यक्रमा नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला समिति मोरङकी अध्यक्ष सुनिता छाराहाङ लगायत राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल केन्द्रिय , प्रदेश कमिटि र महानगरका पदाधिकारीहरुको उपस्थित रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्