विराटनगर । पछिल्लो समय तीज मनाउने होडबाजी आ आफ्नै किसिमका हुने गरेका छन् । तर अधिकासले भने होटल र पाटी प्यालेसमा भोजभतेर र नाचगान गरेर मनाउने प्रवृती छ । हुन त आफ्नो हैसित र व्यावहार अनुसार अहिले फरक फरक तरिकाले तीज मनाउन थालिएको छ । यसै क्रममा विराटनगरमा रहेको नेपाल घरेलु तथा साना उद्योग महासंघले भने ‘तीजमा सिप’ नामक कार्यक्रम गरेर एउटा फरक तरिकाले मनाएको छ ।
विराटनगरको बरगाछीमा रहेको ईन्द्रणी पाटी प्यालेसमा आयोजित कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङ र महिला उद्यम समिति मोरङले यसपटकको तीज भिन्न तरिकाले मनाएको हो । विशेष गरी महिलाहरुको सिप र ज्ञानलाई प्रयोग गर्दै धनिया उमार्ने , टपरी बुन्ने, डटपेन प्याकिङ्ग गर्ने, दियो काट्ने ,हाजिर जवाफ लगायत नृत्य प्रतियोगिता आयोजना गरी मनाएको छ । उत्त प्रतियोगितामा विभिन्न स्थानबाट सहभागी भएका महिला दिदिबहिनीहरुले सहभागिता जनाएका थिए ।
यसैक्रममा नृत्य प्रतियोगितामा क्रःमस प्रतिमा ओझा, उषा भट्टराई, उमा मगर प्रथम, दृतिय र तृतिय भएका थिए भने, कौशी खेतीमा यमुना पोखरेल प्रथम, दामोदर पोखरेल दृतिय र प्रतिभा पौडेल तृतिय भएका थिए ।
विजेताहरुलाई कार्यक्रममका प्रमुख अतिथी विराटनगर महानगरपालीकाकी उप प्रमुख शिल्पा निरला कार्कीले पुरस्कार हस्तन्त्रण गरेकी थिइन् । नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक बर्ष भिन्न तरिकाले मनाउने तीज कार्यक्रम विशेष किसिमको हुने गरेको उप प्रमुख शिल्पा निराला कार्कीले बताईन् । महिलाहरुको सिप र ज्ञानलाई सहि सदुपयोग गर्दै आगामी दिनहरुमा पनि यस्तै राम्रा राम्रा कार्यक्रमहरु गर्दै जान उनले महासंघमा आवद्धहरुलाई आग्रह गरिन् ।
हरेक बर्ष ‘मेहनत सृजना, उत्पादन र वस्तु, मेरै नेपालको उद्योग गरौँ , उद्यमी बनौँ, उठाऔँ नेपाल’ नारा दिएर नेपाल घरेलु तथा साना उद्योग महासंघले महिला उद्यम समिति मोरङसँग सहकार्य गरेर विविध सिपमुलक रोजगारी कार्यक्रमहरु गर्दै आएको नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङ अध्यक्ष चेतन निरौलाले जानकारी दिनुभयो ।