मोरङमा ‘ट्राफिक नियमको पूर्ण पालना गराउँछु : ट्राफिक प्रमुख न्यौपाने

<span class='c1'>मोरङमा ‘ट्राफिक नियमको पूर्ण पालना</span> <span class='c2'>गराउँछु : ट्राफिक प्रमुख न्यौपाने</span>

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुमन न्यौपानेले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरणलाई आफ्नो कार्यकालमा प्राथमिकता दिने बताएका छन् ।
एक हप्ता अगाडि सरुवा भएर आएका मोरङ ट्राफिक प्रहरी प्रमुख न्यौपानेले संचारकर्मीहरूसँग मंगलबार परिचयात्मक कार्यक्रममा ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरणमा केन्द्रित भएर लागि पर्ने बताएका हुन् ।


ट्राफिक प्रहरीको अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर ट्राफिक व्यवस्थान र दुर्घटना न्युनिकरणमा लागि पर्ने उनले बताए । ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरणको लागि सबैको साथ सहयोगको खाँचो रहेको उनको भनाई छ ।
विराटनगर महानगरपालिसँगको समन्वयमा विराटनगर क्षेत्रमा ट्राफिक लाइट राख्ने तयारी गरिएको उनले जानकारी दिए । ‘ट्राफिक व्यवस्थानको लागि विराटनगरको मुख्य चोकहरुमा ट्राफिक लाइट जडान गर्ने तयारी भएको छ,’ उनले भने । उनले सवारी साधनको सहज आवगमनको लागि विराटनगरको रोडशेष देखि बरगाछीसम्मको ६ लेनको सडकको एकतर्फी भागमा पार्किङ्ग निषेध गरिएको बताए ।


आउँदै गरेको चाडपर्वमा हुने सवारी चाप व्यवस्थापन, दुर्घटना न्युनिकरण तथा यात्रुलाई पर्न सक्ने बिभिन्न समस्यालाई सम्बोधन गरि सहज यात्राको प्रबन्ध मिलाउन सुरक्षा योजना पनि चाँडै ल्याउने उनले बताए । उनका अनुसार योजनाको प्रभावकारी व्यवस्थापन गर्न थप जनशक्ती परिचालन, चेकजाँचमा कडाई र नागरिक सहायता कक्षा स्थापना गरि सेवा प्रवाह गरिने बताए । ‘मैले यी दुई काम गर्छु, जसले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरणमा सघाउ पु¥याउनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्