विराटनगर । विराटनगरमा जारी विद्यालय नाटक महोत्सव २०८० मा बुधबार‘चम्किला अनुहारहरु’मञ्चन भएको छ ।
हाटखोलास्थित गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा लिपिपुट प्रिमियर इलिमेन्ट्री स्कुलले नाटक मञ्चन गरेको हो । लिलिपुट कै विद्यार्थीहरु चाहत रिजाल र प्रयम लामिछानेले निर्देशन गरेको यो नाटकमा सामाजिक एकताको सन्देश दिएको थियो । एकै ठाउँमा बस्दा हुने मनमुटाव कै कारण सम्बन्धहरु बिगार्नु हुँदैन भन्ने सन्देशलाई विद्यार्थीहरुले मार्मिक ढंगले पेश गरेका थिए । आरोहण गुरुकुलको आयोजनामा भदौ २२ गतेदेखि जारी महोत्सवमा बिहिबार भनेहेरिटेज इन्टरनेशनल स्कुलको नाटक विछोड मञ्चन गरिनेछ ।
दैनिक दिउँसो २ बजे नाटक मञ्चन गर्दै जारी महोत्सव भाद्र ३१ गतेसम्म चल्ने आयोजक गुरुकुल विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए । महोत्सवमा शुक्रबार पूर्वाञ्चाल विद्या सदनको नाटक स्वाद, शनिबार जनपथ माध्यमिक विद्यालयको नाटक खैराँती मास्टर र अन्तिम दिन कान्तिपुर स्कुलको नाटक आमा मञ्चन हुने जनाइएको छ ।विराटनगरका ९ विद्यालय सहभागी महोत्सवमा उत्कृष्ट नाटक, अभिनेता र अभिनेत्रीलाई अवार्ड पनि प्रदान गरिने जनाइएको छ ।